तिलोत्तमामा पाँच जनाको हत्या

बुटवल, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्वर १० कान्छीबजारमा पाँचजनाको सामुहिक हत्या भएको छ ।

गंगादेवी पशु फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको गएराती सामुहिक हत्या गरिएको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेहरुमा ४० वर्षिय माधव मुसहर, ३७ वर्षिय जानकी मुसहर, १४ वर्षिय पोषराज मुसहर, १७ वर्षिय करन चौधरी र १७ वर्षिय आशिष चौधरी छन् ।

पाँचै जनाको हत्या सुर्खेत स्थायी घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले गरेको प्रहरीले जनाएको छ । उनले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेका प्रहरीको भनाई छ ।

सिंजालीलाई भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाको अनुसन्धानपछि थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.