लकडाउन खुकुलो– बजार खुल्ने,एसइइ नहुने

?????????????????

बुटवल। जेठ २९ । जनजीवन र अर्थतन्त्र अस्तव्यस्त हुँदै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर व्यापार, व्यवसाय खोल्ने निर्णय बुधवार राती सम्पन्न मन्त्रिपरिषदले गरेको छ ।

यस्तै लकडाउनको ढाँचा परिवर्तन गर्दै काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिइने छ ।
गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने छ । ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा भने स्थिति मूल्यांकन गरेर पछि क्रमश: खुलाउने योजना छ ।

कोरोनाको बढी जोखिम र संक्रमितको संख्या धरै भएको क्षेत्रमा कडाइ गर्दै थोरै भएका ठाउँमा भने आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।

यसैगरी यसवर्षको एसइइ परीक्षा पनि रद्द गरिएको छ । अब विद्यार्थीलाइ दश कक्षाकै परीक्षाको परीणामका आधारमा मुल्याकंन गरेर अंक दिइनेछ । चैत ६ गतेदेखि सञ्चालन तालिका बनाइएको एसईई परीक्षा अन्तिम समयमा चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईईको तयारीमा थिए ।

२०७६ चैत ११ मा सुरु भएको लकडाउन निरन्तर बढ्दै गएपछि जनजीवन अस्तव्यस्त हुँदा सरकारमाथि लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्ने दबाब बढेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.