अत्यासमा मलम– के खुल्यो, के खुल्दैनन् ?

बुटवल। जेठ २९ । कोरोनाको कहर र लकडाउनले करिव ३ महिनादेखि घरभित्रै थुनिएको जनजीवन बल्ल आशिंक रुपमा बाहिर निस्कन पाएको छ ।
चैत ११ देखिको अत्यासलाग्दो दैनिकी र अर्थतन्त्र सहज हुने गरि सरकारले जेठ २८ मा लकडाउन खुकुलो पारेको हो । पहिलो २१ दिनको स्थितिको विश्लेषण गरेर सरकारले १५ दिनसम्म थप क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

जसमा सरकारी, गैर सरकारी, निजी कार्यालय, बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी राखेर खोल्ने दिने सरकारको तयारी छ । जसअनुसार २९ गतेदेखि २१ क्षेत्र खुला रहने छन् ।

ती मध्ये स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत खुल्नेछन् । औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री–वितरण तथा ढुवानी खोल्न पाइने छ । पेट्रोलियम पदार्थको ढुवानी र बिक्री–वितरण, फोहोरमैलाको व्यवस्थापन, विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा पनि खुला हुनेछ ।

यस्तै बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा, कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य, उत्पादनशील उद्योग, निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय तथा विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत), निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत), नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण खुला हुनेछन् ।

रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वारेन्टिनका लागि तोकिएका होटल, बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप, पुस्तक पसल तथा स्टेसनरी, सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका सबै कार्यालय, अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय खोल्न अनुमति दिइएको छ । नीजि सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु हुनेछ ।

बन्द कहाँ कहाँ
तर शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र हरु खोल्ने अनुमति छैन् । यसैगरि सपिङ मल, डिपार्टमेन्टल स्टोर, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल, अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान बन्द रहनेछन् ।
यसैगरी तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत (भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ ), सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि, २५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति बन्द रहनेछन् । सार्वजनिक यातायात खुल्नेछैन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.