कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

बुटवल । जेठ २९ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। अर्घाखाँचीको क्वारेन्टिनमा विरामी परी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगैं मृतकको संख्या थपिएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका-४ निवासी ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको हो।
गत जेठ १५ गते भारतबाट आएका ती पुरुषको बुटवलबाट उपचार गरेर फर्कने क्रममा बुधवार बिहान ११ बजेतिर बाटोमै मृत्यु भएको थियो।
यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीमै एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र चितवनका एक गरी १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा हालसम्म संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या ४६ सय नाघेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबारमात्रै १ सय ८७ डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.