टर्कीका ब्यवसायीलाई नेपालमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह

काठमाण्डौ । टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल सरकारले आग्रह गरेको छ ।

विहिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका ब्यवसायीहरुलाई भर्चुअल बैठक गदै नेपालमा लगानी गर्न आग्रह गरेका हुन ।

मन्त्री भट्टराईले नेपालमा लगानी गर्ने प्रसस्तै अवसर भएको जनाउदै अहिलेको संसदमा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध भएको बताए ।
उनले सरकारको नारा नै “समृद्ध नेपाल र सुखी नेपाली“ भएकोले समृद्ध नेपाल बनाउन ब्यवसायीलाई आग्रह गरेका छन । मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा ब्यक्त गरेका छन ।

बैठकमा टर्कीका बैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक ,नेपालमा टर्कीका राजदूतसकिर ओजान टोरुनलर, व्यापार परिषद अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभाागी भएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.