एकैदिनमा अहिलेसम्मकै उच्च ४ सय ४८ संक्रमित थपिए

बुटवल । जेठ ३०। नेपालमा कोरोना संक्रमितको संख्या ह्वार्ह्वार्ती बढन थालेको छ । शुक्रवार दैनिक कोरोना संक्रमितमा अहिलेसम्मकै उच्च ४ सय ४८ संक्रमित थपिएका छन् ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । मृत्यु हुनेको संख्या १६ छ ।
शुक्रवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टमा देशभर ४४८ कोरोना संक्रमित थपिएको जानकारी दिए । जसमा ४२४ पुरुष र २४ महिला छन् ।

हालसम्म देशभरका विभिन्नल अस्पतालमा कोरोना संक्रमणको उपचारपछि ८७७ जना डिस्चार्ज भएका छन् ।

देशभर हालसम्म एक लाख २१ हजार ८६२ पीसीआर परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९२५ पीसीआर परीक्षण गरिएको छ ।
देशरभका क्वाकरेन्टाइमा एक लाख ५८ हजार ५० मानिसहरु छन् भने आइसोलेसनमा ४हजार १६९ कोरोना संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जना कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । कोरोना देखिने २४ जनामा अर्घाखाँचीका २ पुरुष,गुल्मी एक पुरुष ,पाल्पाका १ प्युठानका २ पुरुष र रुपन्देहीका ३ महिला र १३ पुरुष र नवलपरासी पश्चिमका एक महिला र १ पुरुष रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा झापाका ७ जना र मोरङका २ पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका १० र चितवनका ८ पुरुष गरी १८ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जना पुरुषमा समेत कोरोना भाइरसको संक्रण देखिएको छ । त्यसैगरी, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङ्का एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष,उदयपुरका ३ पुरुष र सिरहाका ११ जना पुरुषमा गरि ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका १ पुरुष, झापाका ६ पुरुष, सुनसरीका १ महिला र ९ पुरुष सहित १७ जनामा कोरोना देखिएको छ । जसमा कोरोना देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष,नवलपुरासी पुर्वका १ पुरुष र तनहँुका १ पुरुष गरी जम्मा ३७ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा बर्दियाका २ महिला र१३ पुरुष र बाँकेका एक महिलामा कोरोना देखिएको हो ।

शुक्रराज ट्रपिकल प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा नवलपरासी पुर्वका ४ जना,मोरङका एक पुरुष,धादिङ्‌का २ महिला गरी २५ पुरुषमा कोरोना भाइरस देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४, महोत्तरीका ६ जना र सलार्ही ३ पुरुष गरि २३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तुका १ महिला र ३ पुरुष र सर्लाहीका ४ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.