नेपाली भूमि फिर्ता हुनुपर्ने माग
बुटवल। जेठ ३१। संघीय संसदले नया नक्सा सहितको निशान छाप बनाउने गरि संबिधान संशोधन गरेको खुसियालीमा देशैभर दिपावली गरिएको छ ।
लिम्पियाधुरा र लिपुलेक सहितको भुमि समेटर संसदले नयां निशान छाप बनाउन सविधान संशोधन गरेपछि त्यसै अनुसारको नक्सा बनाएर काठमाडौं, बुटवल, भैरहवा,विराटनगर र नेपालगंज लगायत मुलुकका अधिकांश स्थानमा दिपावली गरिएको हो ।
सुगोैली सन्धी अनुसार नेपालको नक्सा कार्यान्वयनमा अाएको भन्दै राष्ट्रिय झण्डा प्रदर्शनसहित नाचगान गरेर खुसियाली समेत मनाइएको छ । दिपावलीमा राजनीतिक दल तथा बुद्दिजीवीहरू र सर्वसाधारण पनि सहभागि भएका छन् ।
दिपावलीमा सहभागिहरूले यो दिन नेपालको इतिहासमा सुनोैलो अक्षरले लेखिने भन्दै राष्ट्रियताको मुद्दामा दलहरू एकमत भएकोमा धन्यवाद समेत दिएका छन् ।
सहभागिहरूले अब सुझबुझपुर्ण रूपवाट भारतसंग वार्ता गरि नेपाली भुमि फिर्ता ल्याउन सरकारलाइ सुझाव समेत दिएका छन ।
प्रतिनिधिसभाको जे७ ३१ को बैठकले पूर्ण नक्सा सहितको निशान छाप रहने गरि संविधान संशोधन गरेपछि देशमा र विदेशमा रहेका नेपालीले समेत दिपावली गरेका हुन् ।
नेपाली भूमि मिचेको भारतले अब सहज रुपमा नेपाली भूमि छाड्नुपर्ने माग जोडतोडले उठेको छ ।
भारतले १६ कार्तिक २०७६ मा नयाँ नक्सा जारी गर्दा कालापानी-लिपुलेक पश्चिमका नेपाली भू-भाग समेत समेटेको थियो । तर एकपक्षीय रुपमा निकालिएको त्यो नक्सालाई कार्तिक २० गते परराष्ट्र मन्त्रालयले अस्वीकार गरेको थियो ।
२३ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक-एक भू-भाग नेपालको भएको निष्कर्ष निकालेको थियो ।
२५ कार्तिकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो ।
सरकारले मन्त्रिपरिषद्बाटै औपचारिक निर्णय गरेर ७ गते पश्चिममा लिम्पियाधुरासम्म फैलिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
नयाँ नक्सा आएपछि नेपालीहरु अत्यन्तै हर्षित भएका छन् ।