पीसीआर परीक्षण बढाउन कांग्रेसको माग

काठमाडौं, असार २ । नेपाली कांग्रेसले कोरोनाका कारण परिस्थिति विकराल बन्दै गएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । असार २ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र मार्फत कांग्रेसले आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाउन माग गरेको छ ।

यसैगरि, स्वास्थ सामग्रीको अपर्याप्त स्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ सामग्रीको पर्याप्त ब्यवस्थापन गरिनुपर्ने , क्वारेन्टाइनमा मृत्यु देखि बलात्कार सम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कार्वाही गर्दै तत्काल देशब्यापी रूपमा क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाइनुपर्ने माग पनि कांग्रेसको छ ।

यस्तै श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका ब्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने, बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार क्रममा निर्धारित अत्यन्तै महंगो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्वार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारका दोषीलाई कार्वाही र यस बीचमा भएको भनिएको दस अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।

यसैगरि, लक डाउनका कारण स्कुल कलेज बन्द भएर पचास लाख बढी नेपाली बिद्यार्थी मानसिक तनाव ब्यहोरिरहेका र गम्भीर राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथासिघ्र निर्माण गरिनुपर्ने, खेतिको मौसम मध्यनजर गरेर कृषि उत्पादनका सम्बन्धमा वातावरण, मल, बिउ देखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने, लक डाउनका कारण साना–ठुला ब्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लक डाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण ब्यवस्थापन गरिनुपर्ने , औधोगिक उत्पादनमा सरिक श्रमिक देखि श्रमजीवी पत्रकार सम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई विविध ढंगले राहत योजना ल्याइनुपर्ने माग गरिएको छ ।

संघ, प्रदेश, जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुले यी सुझाव र मागहरू संगै अन्य आवश्यक सुझाव र माग समेटेर प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.