कांग्रेसद्वारा नागरिकता संशोधन विधेयक फिर्ता लिन माग

काठमाडौं असार १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा मंगलबार बस्यो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ ।
(१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरित छ । यस्तो संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहन्छ । यस सम्बन्धमा राज्य व्यवस्था समितिमा पार्टीको तर्फबाट नेपाली कांग्रेसका माननीय सांसदहरुले फरक मत राखी सक्नु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ । यसै अनुसार संसदमा प्रस्तुत हुन यो बैठक नेपाली कांग्रेस संघीय संसदीय दललाई निर्देश गर्दछ ।

(२) दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नं. २ का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई आज विहान ११ बजे उहाँकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । उक्त घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कार्वाही गर्न र गम्भीर घाइते हुनु भएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।

स्वास्थ्यलाभ सम्बन्धी प्रस्ताव
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य मा. मीना पाण्डे र संविधान सभाका पूर्व सदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ हुनु भई उपचारार्थ रहनु भएकोमा केन्द्रीय कार्यसमितिको यो बैठक उहाँहरु दुबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

शोक प्रस्ताव
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य मा. डा. चन्द्र भण्डारी तथा नेपाली कांग्रेस गुल्मीका पूर्व सचिव स्व. फणिन्द्र भण्डारीका पिता तथा महासमिति सदस्य एवं नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव धना भण्डारीका ससुरा ८७ वर्षीय ईश्वरीप्रसाद भण्डारीको जेठ २६ गते; नेपाली कांग्रेस ताप्लेजुङका सभापति लीलादेवी बोखिमको पिता कालीबहादुर बोखिमको ८७ वर्षको उमेरमा जेठ २८ गते; नेपाली कांग्रेस रोल्पाका पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला सदस्य एवं साबिक जुगार गा बि स का पूर्व अध्यक्ष ७८ वर्षीय भागीराम डाँगीको २०७७ असार ७ गते; नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदीप खड्काकी माता एवं दाङ जिल्लाका शहीद डम्बरबहादुर खड्काकी धर्मपत्नी कृष्णाकुमारी खड्काको २०७७ असार ६ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटका सचिव भूमिलाल रोकायाकी ६४ वर्षीया धर्मपत्नी पदमकली रोकायाको असार २ गते; जाजरकोटका शहीद उज्वलबहादुर सिंहकी बुहारी एवं नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि ५९ वर्षीया तुलसी सिंहको असार १ गते; नेपाल तरुण दल सुन्दरहरैचा नगर कार्यसमितिका उपाध्यक्ष ३७ वर्षीय कृष्णकुमार आचार्यको जेठ ३२ गते; खोटाङ जिल्ला नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका वडा नं. १ कार्यसमितिका निवर्तमान उपसभापति तथा पूर्व वडा अध्यक्ष ७५ वर्षीय लछुमन बस्नेतको गत जेठ २६ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङका पूर्व जिल्ला सदस्य एवं नेपाल दलित संघका जिल्ला अध्यक्ष ५६ वर्षीय हिराबहादुर वि.क. को असार ५ गते; चितवन जिल्ला निवासी नेपाल शिक्षक संघका पुराना एवं अग्रज नेता यदुप्रसाद अधिकारीको असार ६ गते; नेपाली कांग्रेस नवलपरासीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका निर्वाचित अध्यक्ष राजकुमार शर्माको जेठ ३२ गते; स्याङ्जा जिल्ला नेपाली कांग्रेस विर्घा गाउँ कार्यसमितिका पूर्व सचिव एवं समाजसेवी नरेन्द्रराज पाण्डेको असार १४ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्त गर्नु हुने पदाधिकारी एवं सदस्यहरु
बैठकमा नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., महेश आचार्य, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, सुजाता परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक, हरिप्रसाद नेपाल, अतहर कमाल मुसलमान, जंगीलाल राय, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरी र आमन्त्रित केन्द्रीय सदस्यहरु— अभिषेख प्रताप साह र दयाराम पाण्डेले आफ्नो धारणा राख्नु भएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि असार १७ गते विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.