काठमाडौं । असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टी बाटै हटाउन खोजिएको भन्दै त्यसको विरोधमा विहिवार माइतिघर मण्डलामा पर्दर्शन भएको छ ।
बसपार्क समुहका नाममा भएको प्रदर्शनमा केही युवाहरु सहभागी थिए । झण्डै दुइ तिहाइ जनमतको सरकार जोगाउन माइतीघरमा प्रदर्शन गर्नुपर्ने अवस्था आउनुलाइ अनेक अर्थमा हेरिएको छ।
सम्भवत यति बलियो सरकार जोगाउन माइतिघरमा प्रदर्शन भएको मुलुकको राजनीतिक इतिहासमा पहिलो घटना होला ।
जुलुसमा सहभागीहरुले भनेका थिए, भारतीय दलाल होशियार, सरकार ढाल्न पाइँदैन ।