लकडाउनको अवधिको ब्याजदरमा छुट दिन उद्योगीको माग

बुटवल, असार २६ । लामो लकडाउनले उद्यौगिक क्षेत्र धरासाही बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् । झण्डै चार महिनादेखिको लकडाउनले उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको ब्याजमा छुट र किस्तामा पुर्नताजगी गर्न आग्रह गरेका हुन् ।

रूपन्देही उद्योग संघले बुटवलमा पत्रकार सम्मेलन गरी उद्योगीहरूले कर, बैंक व्याज किस्ता तथा कर्जा रकम एकैपटक तिर्न सक्ने अवस्था नभएकोले यसको अवधि लम्बाउन आग्रह गरेको हो ।

संघका अध्यक्ष बाबुराम बोहोराले तहसनहस भएको औद्योागिक क्षेत्रलाई बचाउन बैंकमा उद्योगीले बुझाउनुपर्ने ब्याज, कर्जाको किस्ता र तिर्ने समयअवधि बढाइदिन आग्रह गर्नु भयो । बोहोराले थला परको उद्योग उद्योगीहरुले बैंक तथा वितीय संस्थाबाट लिएको कर्जाको लकडाउन अवधिभरको व्याजदरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने बताउनु भयो ।

उद्योगीहरुले पटक–पटक राहत प्याकेज लागि सरकारसँग आग्रह गर्दै आइरहदा पनि कुनै माग संवोधन नभएको उद्योगीहरुको गुनासो छ । राज्यले केहि  घोषणा गरेका छुटका स्किमहरु पनि कार्यान्वन नहुदा उधोगी हरु समस्यामा रहेका छन् । यस्तो अवस्थामा व्यवासीहरु धरासाही बन्दै छन ।’ सरकारले बजेटमा घोषणा विद्युतको डिमाण्ड शुल्क छुट दिने बताए पनि विद्युत महशुल तिर्न जाँदा उद्योगीहरूले उक्त रकम छुट नभएको बताएका छन् । रुपन्देहीमा १ हजार २ सय भन्दा बढी उद्योगहरु छन । काठमाडौंपछि सबैभन्दा बढी उद्योगधन्दा भएको जिल्ला रुपन्देही पर्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.