भगवान राम भारतका हैनन्, अध्योध्या नेपालमै छ– प्रधानमन्त्री ओली

काठमाडौं । असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरकी छोरी सिताका श्रीमान् भगवान राम नेपालकै छोरा भएको बताउनुभएको छ ।

भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेको र राम त्यहाँका नभएको बताउनुभएको हो ।

‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले– प्रधानमन्त्रीको दावी छ– अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन।’
भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाई छ।

प्रधानमन्त्रीको दावी छ, ‘अयोध्या भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि, र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका। त्यसकारण सन्तान पनि भारतीय होइनन् ठाउँ पनि भारतीयको होइन।’

प्रधानमन्त्री ओलीले त्यो समयमा कुनै सञ्चार सुविधा नभएकोले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको संकेत गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.