लकडाउन अन्त्य भएको घोषणा

?????????????????

बुटवल, साउन ६। सरकारले चार महिना लामो लकडाउन अन्त्यको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको जानकारी दिनुभयो ।

योसँगै १२० दिन लामो लकडाउन अन्त्य भएको छ । पत्रकार सम्मेलनमा खतिवडाले भन्नुभयो, ‘हामी अब लकडाउनमा छौं भन्न परेन ।’

सरकारले कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ गतेसम्म पूर्ण र त्यसयता आशिंक लकडाउन थियो ।

अब साउन १५ बाट होटलहरु खुल्नेछन् । यसैगरी भदौ १ गतेदेखि विद्यालयको भर्ना अभियान पनि शुरु हुन्छ । भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ ।
तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु भने अझै खुल्ने छैनन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.