एनएमबीले दियो महिलालाई आत्मनिर्भर को उपहार ,तालिम लिने ३० जनालाई सिलाइ मेसिन

 

 

तिलोत्तमा, साउन ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक तालिम प्रदान गरेको छ । लकडाउन भन्दा अगाडि सकिएको तालिम कोभिड–१९ का कारण भर्चुअल कार्यक्रमका बीच बुधबार औपचारिकरुपमा समापन गरिएको हो
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक रुपन्देहिको मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गरेको हो । बैंकले सामाजिक क्षेत्रमा पनि आफूलाई अग्रणी बनाउन यस्ता तालिमको आयोजना गर्ने गरेको बैंकका प्रदेश पाँच कार्यालयका प्रमुख सुरेन्द्रमान महर्जनले बताउनु भयो । महिलाहरु स्वरोजगार भएमात्रै आर्थिक समृद्धिको नारा सार्थक हुने बताउँदै उनले यस्ता तालिमलाई अझ उन्नतस्तरमा पनि आयोजना गरिने विश्वास दिलाउनु भयो ।
तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले सीपलाई सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न यस्ता तालिम उपलव्धिमूलक हुने चर्चा गर्दै यसलाई अझ बिस्तार गर्दै एडभान्स तालिममा समेत जोड दिन बैंकलाई आग्रह गर्नु भयो । उहाले सीप सिकेर आत्मनिर्भर र स्वरोजगार बन्न सकेमात्रै तालिमको उपयोगिता सार्थक हुने बताउँदै स्वरोजगारमूलक कार्यक्रमका लागि नगरपालिकाले पनि लगानी गरिरहेको बताउनु भयो ।
उहाले कोभिड–१९ का कारण बेरोजगारीको संख्या बढ्ने भएकाले यस्ता तालिमको प्रभावकारिता थप बढ्दै गएको पनि बताउनु भयो । बैकले तालिममा सहभागी  ३० जना लाई लुगासिलाउने मेसिन समेत वितरण गरेको बैकका मणिग्राम साखाका प्रमुख युवराज पाठकले जानाकारी दिनु भयो ।
तिलोत्तमा वडा नम्बर ५ का वडाअध्यक्ष चेतनारायण भण्डारीले महिलाहरुलाई आय आर्यजनमा लगाउन नगरपालिकाले पनि सहयोग गरिरहेको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत एनएमबी बैंकले सञ्चालन गरेको तालिम अरु बैंकहरुका लागि पनि पे्ररणादायी हुने बताउनु भयो ।
वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले खाली समयलाई सदुपयोग गरेर सीपमुलक तालिम प्रदान गर्दा महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने भन्दै बैकले उदारणिय काम गरेको बताउनु भयो ।
कार्यक्रममा तालिमकी प्रशिक्षार्थी रमा नेपाल, बैंकको प्रदेश ५ कार्यालयमा कार्यरत डिविर विक्रम साह, बैंकका कर्मचारी त्रिभुवन भण्डारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । व्यावसायिक विकास तथा परामर्श केन्द्रकी सुनिता कार्कीसँग सहकार्यको बैंकले सीपमूलक तालिम सञ्चालन गरेका एनएमवि बैक का प्रदिप रानाले जानाकारी दिनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.