राखेप सदस्य सचिवमा फेरि सिलवाल, दुइजना एआइजीमा बढुवा

बुटवल। साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवमा रमेश सिलवाललाइ फेरि नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले यसअघि सदस्य सचिव भएका सिलवाललाइ फेरि ल्याएको हो ।

उनले यसअघि नयाँ कानून आएपछि राखेप छाड्नु परेको थियो । परिषदको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिएको छ ।

यस्तै सरकारले डीआईजीद्वय प्रध्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ।

मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।

यस्तै, सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.