नरेश चौधरी
सियारी रुपन्देही साउन १४ ।
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल, झोला र आर्थिक रकम प्रदान गरेको छ । स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकामा ७० जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु कार्यरत रहेका छन् । गाउँपालिका को ७ ओटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई ४ लाख ६९ हजार रकम बराबरको साईकल र एक लाख १३ हजार एक सय बराबरको झोला वितरण गरिएको गाउँपालिकाको स्टोर शाखा प्रमुख शेष नारायाण अर्यालले बताउनु भयो । स्वास्थ्य स्वयम् सेविकाहरुलाई एक–एक ओटा साईकल र झोला, प्रति ब्यक्ति नगद १२ हजार र एक–एक ओट डायरी वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरुले समुदायमा रही गाउँघरमा स्वास्थ्य सेवा पुर्याई समाज सेवा गरिरहेकाले उनीहरुको कामको उच्च मुल्यङ्कन गर्दै स्वयम् सेविकाहरुको हौसाला प्रदान गर्न प्रोत्सहन स्वारुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । अध्यक्ष चौधरीले गर्भवती, सुत्केरी, ७० वर्ष माथिका जेष्ठ नागरिक र अति अशक्त–असहयहरुलाई निःशुल्क ल्याब सेवाका साथै एम्बुलेन्स सेवा गाउँपालिकाले उपलब्ध गराएको छ । गर्भवती भएकाहरुलाई आईरन तथा क्याल्सियम चक्की निःशुल्क वितरण गर्ने गरिएको छ । गाउँपालिकामा विरामीहरुलाई निःशुल्क उपचार तथा औषधी दिने गरिएकाले गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा उपचार गराउन गाउँ बासीहरुलाई अनुरोध छ । ”
स्वास्थ्य स्वयम् सेविकाहरुको सहयोगले स्वास्थ्य सेवा घरघरमा पुगेको गाउँपालिका उपाध्यक्ष तथा प्रबक्ता अमृता गुरुङले बताउनु भयो । स्वास्थ्य स्वयम्सेविकाहरु स्वास्थ्य सेवाका साथै चेतना फैलाउने संवाहक भएकोले उनिहरुको मनोवल उच्च बढाउने खालका कार्यहरु गाउँपालिकाले गरिरहेको बताउनु भयो । यस खालको प्रोत्सहन हुने कार्यक्रमहरु अगामी दिनमा पनि गरिने उहाँको भनाई छ ।
व्याक्ति स्वास्थ्य रह्यो भने परिवार, समाज र रााष्ट्र स्वास्थ्य रहने भएकोले गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन जन प्रतिनिधि र कर्मचारीहरुको तर्फबाट सहयोग रहने कुरा प्रमुख प्रसशाकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनु भयो ।
अहिले विरामीहरुलाई ३५ भन्दा बढि प्रकारका औषधी निःशुल्क रुपमा प्रदान गरि रहेको स्वास्थ्य शाखा प्रमुख वुद्धि बहादुर घर्तीले कार्यक्रममा जानकारी दिनु भयो । गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी, ३ ओटा स्वास्थ्य इकाई, गाउँघर क्लिनिक तथा खोप केन्द्र १५ ओट, वार्थिङ सेन्टर २ ओटा, ल्याब ३ ओट स्वास्थ्य चौकीबाट सेवा प्रदान गरि रहेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वायम् सेविका, स्वास्थ्यकर्मी पत्रकार लगाएतको उपास्थिति रहेको थियो ।