भूमि आयोगलाई काम अघि बढाउन मन्त्री अर्यालको निर्देशन

ललितपुर, साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गर्नुभएको छ ।

आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिनुभएको छ । ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।

आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडी बढाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । ‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस’, मन्त्री अर्यालले भन्नुभयो, ‘यो काम छिटो अगाडी बढाउनुपर्छ । तपाईहरु त्यसका लाग्नुस ।’

मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडी बढ्नुपर्ने समेत बताउनुभयो । देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उहाँले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.