वार्ता, कहिले जेरीजस्तो कहिले तितेकरेलीजस्तो–प्रधानमन्त्री

काठमाडौं । साउन १९ । नेकपाका दुई अध्यक्षबीचको वार्ता जेरी जस्तै जेलिएको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

दुइ अध्यक्ष ओली र पुष्पकमल दाहालबीच सोमबार भएको वार्ता पनि सकारात्मक नभएको संकेत गर्दै ‌ओलीले अर्को वार्ता तितेकरेली जस्तो नमिठो हुनसक्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।

दाहालसँग भेटेर आफ्नो नीजि निवास बालकोट पुगेका प्रधानमन्त्री ओलीले वार्ता भएपनि कुरा नमिलेको जनाउ दिएको सांसद गोकुल बास्कोटाले जनाएका छन् ।

बालकोटमा ओलीले आफ्नो राजनीतिक गतिविधि समेटर बन्दै गरेको संग्राहलय पनि अबलोकन गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.