सामुदायिक वन दिवस सप्ताहव्यापी रुपमा मनाईदै‌ं

काठमाडौं । साउन २० । सामुदायिक वन उपभोक्ता महासंघले प्राविधिक र आर्थिक चलखेलका कारण नेपालको दीगो वन व्यवस्थान हुन नसकेको भन्दै वनलाई आर्थिक सम्वृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएको छ ।

“समृद्धिका लागी सामुदायिक वन ः उत्पादन र उत्पादकत्व वृद्धीमा योगदान” भन्ने नाराका साथ सप्ताहव्यापी सामुदायिक वन दिवस २०७७ मनाउने निर्णय गरेको महासंघले वनबाट आर्थिक सम्वृद्धि हासिल गर्न सकिने भएपनि सरकारसँग ठोस योजना नभएको जनाएको छ ।

२०३० साल साउन २५ सिन्धुपाल्चोकको ठोकर्पामा रहेको बन क्षेत्रलाई स्थानीय समुदायले व्यबस्थापन गर्न थालेको दिनलाई आधार मानेर हरेक बर्ष साउन २५ मा सामुदायिक वन दिवस मनाउने गरिएको छ । यस बर्ष महासंघले साउन १९ देखि २५ गतेसम्म वृक्षरोपण, उपभोक्ता सचेतना र संरक्षणका चुनौती लगायतका बिषयमा केन्द्रित रहेर यो दिवस मनाउँदैछ ।

महासंघका अध्यक्ष भारती पाठकद्धारा जारी विज्ञप्तिमा यो वर्ष दुइ करोड विरुवा रोपेर महासंघको रजत जयन्ती र सामुदायिक वन दिवस मनाइने उल्लेख छ ।

मुलुकभर २२ हजार २ सय ६६ सामुदायिक वन हस्तान्तरण भएका र त्यसमा २९ लाख भन्दा धेरै घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर वन व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै महासंघले उपभोक्ताहरुको संरक्षणमुखी अभियानकै कारण नेपालको वन क्षेत्र बढेको तथा जैविक विविधताको संरक्षण र जलवायू परिवर्तन न्यूनिकरणमा ठूलो योगदान पुगेको समेत जनाएको छ ।

तर सामुदायिक वन उपभोक्ता समुहले वर्षौदेखि उठाउँदै आएका कतिपय सवाल र मुद्दाहरु अझै सम्बोधन हुन नसकेको भन्दै महासंघले अहिले पनि करिव ६ हजार उपभोक्ता समुहका कार्ययोजनाहरु परिमार्जन हुन नसकेकोले नियमित रुपमा वन व्यवस्थापन गर्नबाट उपभोक्ता वन्चीत हुनुपरेको प्रष्ट पारेको छ ।

महासंघले उपभोक्ता समूहले देशभर विभिन्न स्थानीय र प्रदेश सरकारको विपद कोषमा १ करोड २० लाख नगद रकम उपलब्ध गराएका र त्यसबाहेक २ करोड ५० लाख बरावरको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेका पनि उल्लेख गरेको छ ।
देश संघिय लोकतान्त्रीक गणतन्त्रमा गए पनि चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकार प्राप्त हुन सकिरहेको भन्दै महासंघले हालै चितवन राष्ट्रिय निकुञ्जमा घटेको घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न, पिडितलाई क्षतिपुर्ति दिन र स्थानीय समुदायको अधिकार सुनिश्चित गर्न समेत माग गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.