कोरोना बिरुद्ध सचेतना जगाउदै रोटरी क्लब अफ तिलोत्तमा

कोरोना बिरुद्ध सचेतना जगाउदै तिलोत्तमा रुपन्देही
बुटवल, १८ भदौ
मानिसहरुमा कोरोना भाईरस संक्रमण बिरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको बताए । आफुहरुले सचेतना जगाउने अभियान प्राथमिकता राखेर अघि बढेको भन्दै यसमा यस क्षेत्रका सामाजिक संघसस्थाहरुको साथ पाएको समेत बताए । विज्ञहरुका अनुसार कोरोनाको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएकाले यो अनुकुल मानिसहरु चेतना र जागरण काम गर्नुपर्ने उनको सुझाव छ । क्लबले ठिक समयमा सहि कामको थालनी गरेको उनको तर्क छ ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाईरस संक्रमणको अभियानमा शुरुवातबाट नै निरन्तर लागेको बताए । पहिलो चरणमा विभिन्न संचारगृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया कार्यक्रमहरु गरेको बताए । मानिसमा चेतना जगाउने उत्तम उपायका रुपमा माईकिङ उपयुक्त माध्यम भएको दाबी गर्दै बुटवल उपमहानगरका घरघरमा पुग्ने गरि कार्यक्रम बनाएको उनले बताए । कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले भाषण भन्दा पनि काम गर्ने सहि समय आएको भन्दै यसलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.