योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपियो

 

केशव भण्डारी
भदौ २६
रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ ।
जडिबुटीको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको हो ।
पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको नवौं स्थापना दिवसको अवसर पारेर वर, पिपल, स्वामी,आँप लगायतका विरुवा पनि रोपिएको चिकित्सालयका अध्यक्ष राम प्रसाद भटट्राईले जानकारी दिनुभयो । चिकित्साकेन्द्रमा आँपको छुट्टै बगैचा नै स्थापना गरिएको छ ।

 


बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै सैनामैना नगरपालिका वडा नम्वर एकका अध्यक्ष केयरसिंह गलामी मगरले अहिले प्राकृतिक चिकित्सा उपचारपद्धति मा सवैको विश्वास बढ्दै गएको बताउनुभयो । यसैगरि डाक्टर ध्रुकुमार घिमिरेले बहुउपयोगी र दुर्लभ वनस्पतिका विरुवा रोपिएकाले संरक्षणमा सवैले ध्यानदिनुपर्ने बताउनुभयो ।
यसैगरि सैनामैना नगरपालिकाका स्वास्थ्य प्रमुख हेमराज पन्थीले प्राकृतिक उपचार पद्धतिलाई प्राथमिकता दिँदा दीर्घजीवन हुने बताउनुभयो । त्यसअवसरमा स्थानीय गोविन्द शर्मा, भगवती आचार्यले आफ्नै पहलमा रोपिएका बर, पिपल, स्वामिका रोपिएका विरुवाको संरक्षण गर्नै प्रतिवद्धता जनाउनुभएको थियो ।
हाल प्राकृतिक चिकित्सालयलाई कोरोना विशेष अस्पताल र क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ । कार्यक्रम संस्थाका सचिव रामबहादुर कुँवरले संचालन गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.