शिक्षा स्वास्थ्य वेरोजगार मर्चवारी का प्रमुख समस्या

 

 

बुटवल, असोज । रुपन्देहीको मर्चवारी गाउँपालिकाको एकिकृत ग्रामिण विकास योजनाबारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.ली. तथा मर्चवारी गाउँपालिकाको साझेदारीमा विभिन्न चरणको वडा स्तरिय छलफल, अध्ययन पश्चात् अन्तिम चरणको छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो ।
मर्चवारी गाउँपालिका अध्यक्ष केशव नन्द वनियाको अध्यक्षतामा सम्पन्न भएकोे कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्रालय सरसफाइ तथा खानेपानि महासाखाका प्रमुख धुव्र धिताल, सिचाइ जल उपभोत्ता महासंघका केद्रिय उपाध्यक्ष यज्ञ गैरे, वातावरण विद् झम बहादुर थापा, गाउँपालिका उपाध्यक्ष सुनिता कलवार, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण अर्याल, वडा अध्यक्षहरु, कर्मचारिहरु, समाजसेबी तथा मर्चवारि गाउँपालिकासँंग सम्वन्धित विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.लिका कार्यकारी अध्यक्ष ई. मोहन के.सीले समग्र मर्चवारि गाउँपालिकाको घरधुरि सर्वेक्षण गरको विभिन्न डाटा हरुलाई प्रस्तुत गर्दै आगामी योजनाहरुमा कसरि अगाडि बढ्ने, जसलाई आधार वर्ष, मध्यावधि तथा दिर्घकालिन गरि ३ तहमा विभाजन गरि विकास योजनाबारे विस्तृत योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै भैतिक पुर्वाधार विकास मन्त्रालय सरसफाई तथा खानेपानि माहासंघ प्रमुख धुव्र धितालले सरसफाई तथा शुद्ध पिउने पानीबारे प्रस्टाउँदै मन्त्रालयले अगाडि सारेको आवास कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।साथै उनले घरधुरी सर्वेक्षणलाई सिस्टममा अपलोड गरि मोवाईल एपबाटै सबै डाटा लिन र दिन तथा परिमार्जन गर्न सकिने गरि कार्यक्रम अगाडि सारेको बताउदै त्यो कार्यक्रमलाई पनि ग्रामीण विकास योजनामा समेट्न सुझाव दिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि यज्ञ गैरेले राष्ट्रिय सिंचाइ जलउपभोक्ता महासंघ मर्चवारी गाउँपालिकालाई सहयोग गर्न सधेै तत्पर रहेको बताउँदै आवश्यक पहल गर्न गाउँपालिका समक्ष आग्रह गरे । त्यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कलवार, सुनगाभा ईन्जिनियरिङ सोलुसनका कार्यकारि अध्यक्ष मोहन के.सी, वातावरण विद् झम बहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल, प्रशासन तथा योजना प्रमुख पशुपति गैरे, वडाअध्यक्ष हरु, मतिवर कुँवर, सुनिल कलवार, कार्यपालिका सदस्य पुनम मिश्र लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.लीका निर्देशक चिरन अर्यालले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.