अर्घाखाँची पहिरो पिडितका लागि लायन्सहरुको सहयोग

 

बुटवल, १२असोज २०७७ ।
बुटवलका लायन्स क्लबहरुले अर्घाखाँचीको सितागंगा नगरपालिका पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छन ।सितागंगा(१२ कोठिया मैदानमा पहिरोमा परि २७ घर पूर्ण क्षति भएको र अन्य धेरै घरपरिवार जोखिममा रहेको जानकारी पाहेपछी तत्कालै राहत हस्तान्तरण गरिएको लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी दिए ।
जोन ७५ अन्तर्गतका क्लबहरुको सहकार्यमा पहिरो पीडितका लागि राहत सामग्री लिएर पुगेका उनीहरुले सितागंगा नगरपालिकाका नगर प्रमुख शुर्य अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल सिद्दबाबा,लायन्स क्लब अफ बुटवल देउरालीको संयुक्त आयोजनामा राहत स्वरूप खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरिएको हो ।पहिरोले घरहरु पूर्ण क्षति भई मानिसहरु अलपत्र परेको खवर पाएपछि बुटवलका मुक्तिनाथ,देउराली र सिद्दबाबा लायन्स क्लबले सहयोग जुटाएर ४ क्विन्टल चामल,३० केजी दाल,२ पेटी तेल,१ बोरा चिउरा,एक बोरा सोयाबिन,केहि थान कम्बल र कपडा लिएर त्यहा पुगेका लायन्स सिद्दबाबाका पुर्व अध्यक्ष तथा जोन चेयारपर्सन गणेशप्रसाद भट्टराईले जानकारी दिए ।कार्यक्रम सम्पन्न गर्न एरिया चिफ सन्दिप कसौधन र जोन चेयारपर्सन गणेशप्रसाद भट्टराईको समेत आर्थिक सहयोग रहेको थियो।
क्लबका पुर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ लक्ष्मण रेग्मी,जोन चेयारपर्सन गणेशप्रसाद भट्टराई,सुरेशचन्द्र भट्टराई,कृष्णप्रसाद भुषाल,सदस्य विष्णुप्रसाद भुषाल,सरोज खनाल लगायतले मेयर शुर्य अधिकारी लाई हसयोग सामग्री हस्तान्तरण गर्दै पहिरोले घरबारविहीन भएका पीडितहरु लाई तत्काल भोकै बस्न नपरोस भनेर थोरै भएपनि दुख साट्न राहत सामग्री लिएर आएको बताउदै सहयोग आफुहरुको अपेक्षा अनुरुप सदुपयोग होश भन्ने चाहना रहेको बताएका थिए ।पीडितका लागि राहत सामग्री बुझ्दै मेयर अधिकारीले अर्घाखाँचीको समस्या सुनेर तत्कालै सहयोग बोकेर सबै संघ संस्थाहरुबाट प्राप्त सहयोग एकद्वार प्रणालीबाट राहत वितरण गरिने र सहि ठाउमा सदुपयोग हुने बताएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.