प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयमा पुनर्विचार गर्न पौडेल माग

 

बुटवल(सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयमा पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय, पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटि सदस्य जनार्दन शर्मासहितको बैठकमा पौडेलले यस्तो माग राखेका हुन्। बैठकमा पौडेलले रुपन्देहीबाट राजधानी नसार्न माग राखेको र पोखरेलले दाङ राजधानी सार्ने निर्णयको पक्षमा अडान लिएका थिए। रुपन्देहिमा नेकपाका नेता तथाकार्यकर्ताले समेत विष्णु पौडेल मौन बसेको आरोप लगाइ रहेका बेला पौडेलको माग बाईर आएको हो । रुपन्देहि बाट अत्याधिक मतले जितेका पौडेल पद संग राजधानि साटेको आरोप लागाउदै पौडेल विरुद्ध समेत बुटवलमा नारावाजि सुरु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.