न्यौपाने वंश समाजको साधारणसभा तथा पुस्तक बिमोचन

बुटवल । न्यौपाने वंश समाज नेपालको १८ अौ साधारणसभा सम्पन्न भएको छ । कोरोनाका बिच भौतिक दुरी कायम गरी समाजको केन्दीय कार्यालय रुपन्देहीको नयाँमिलमा साधारणसभा आयोजना गरिएको हो । केन्द्रीय अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रमुख अथिति लुम्बिनी प्रदेशका सांसद डा कृष्णप्रसाद न्यौपानेले सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला सल्लाहकार पण्डीतं ताराप्रसाद न्यौपाने द्वारा लिखित महाभारत संक्षिप्त पुस्तक पनि विमोचन गरिएको थियो । प्रमुख अतिथि न्यौपानेले पण्डीत ताराप्रसाद न्यौपानेको पुस्तक महाभारतले धेरै ज्ञान र जानकारी दिने बताउँदै सामाजिक कामको यो नमुना कार्य भएको बताउनु भयो । सभासद न्यौपानेले सिंगोसमाजलाई सहि मार्गमा डोर्याउन पुस्तकले सहयोग पुर्याउने बताउदै उहाँले एक पटक महाभारल संक्षिप्त अध्यन गर्न आग्रह गर्नु भयो । कार्यक्रमा पुर्व अध्यक्षहरू र केन्द्रीय तथा जिल्ला साथै मानार्थ, आजिवन सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा महाभारत संक्षिप्त पुस्तक बारेमा टिप्पणी केन्द्रीय सल्लाहकार तथा दिप बोडिङ हाइस्कुलका प्रचार्य टिकाराम न्यौपाने गर्नुभएको थियो । उहाँले पुस्तकले उपलब्धि मुलक ज्ञानबर्धक कुरा मार्फत समाजलाई सहिमार्गमा हिडाउन सहयोग पुर्याउने बताउनुभयो । साधारण सभाले अध्यक्ष मेघराज न्यौपाने द्वारा प्रस्तुत बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष गणेश प्रसाद न्यौपानेको आर्थिक प्रतिबेदन पास गरेको छ । कार्यक्रमा बोल्दै अध्यक्ष मेघराज न्यौपानेले पण्डीत ताराप्रसाद न्यौपानेले लेखेको महाभारत संक्षिप्त पुस्तकले न्यौपाने वंश समाजको शीर उचो बनाएको बताउनुभयो । उहाले वंश समाज सामाजिक काममा लागिपरेको समेत बताउनुभयो । सो अवसरमा विभिन्न महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियो । उपाध्यक्ष गितादेवी न्यौपानेको स्वागत तथा समाजका महासचिव गेहेन्द्रराज न्यौपाने संचालनमा कार्यक्रम संम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.