मौलिक पक्षलाई ख्याल गरेर पर्व मनाउन मुख्यमन्त्री शकर पोखरेलकोआग्रह

 

लुम्विनि प्रदेशका मुख्यमन्त्री शकर पोखरेलले पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्ने बताउनु भएको छ । उहाले नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव,भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएको पनि बताउनु भयो । नेपालिहरुको महान पर्व विजया दसमिको अवसरमा शुभकामना सन्देश जारी गदै मुख्यमन्त्री पोखरेल ले समाज एकजुट हुदा मुलुकका सार्वभौम सर्ता अखण्डता बलियो हुने बताउनु भयो । ब्यक्ती ,परिवार र समाजलाई सास्कृतिक रुपमा समेत दसैले एकताको मालामा उनेको उल्लेख गर्र्दै मुख्यमन्त्री पोखरेलले मुलुकमा गणतन्त्र पनिबलियोर संस्थागत हुदैगएको बताउनु भयो । मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन पनि उहाले आग्रह गनु भएको छ । मुख्यमन्त्री पोखरेल ले पर्वले समाजलाई एकताको सुत्रमा बाँध्न सहयोग पुगेको वताउनु भयो । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ उहाको भनाई छ ।
संघिय शासन प्रणालिको भावना र मर्म अनुशार प्रदेशको नाम र राजधानि टुगो लागेको र यसले सम्भावनाको फराकिलो यात्राका लागी ढोका खोलेको मुख्यमन्त्रीको भनाइ छ । सिंगो लुम्वीनि प्रदेशको अपनत्व बढाउन र जनताको चाहाना अनुशार विकास र शुसाशन कायम गर्न सरकार प्रतिबद्धरहेको मुख्यमन्त्रीको भनाई छ सम्बृद्ध प्रदेस सुखि जनताको लक्षमा पुग्न सरकार प्रयासरत रहेको भन्दै उहाले मेलमिलाप भातृत्व आपसि विश्वासका साथ दसैमनाउन पनी अपिल गर्नु भयो । संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेको बताउदै मुख्यमन्त्री पोखरेल ले विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ले यतिखेर सिंगो समाज पिल्सिएको ले कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले निकै मिहिनेतपूर्वक काम गरिरहेका बताउनु भएको छ । शुभकामना शन्देमा नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई जित्न सकिने भन्दै कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आग्रह गर्नु भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बडा दशैंलाई घरभित्रै मनाउन मुख्यमन्त्री पोखरेलका आग्रह छ ।। कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दशैं सहितका पर्वलाई विगतमा झै भव्य र उल्लासमय वातावरणमा मनाउने नै सकिने छ मुख्यमन्त्री पोखरेलको भनाई छ ।

शुभकामनाको पुर्ण पाठ यस प्रकार रहेको छ

बडा दशैंको शुभकामना
नेपालीहरुको ठूलो चाड बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दशैं नेपालीहरुको मौलिक पर्व हो । यो पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व हो । नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव,भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएका छन् । नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दशैंले सद्भाव,मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । व्यक्ति,परिवार र समाजलाई एकताको मालामा जोड्ने दशैं पर्वको मौलिकता जोगाउन सक्नुपर्छ । पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्छ । मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन हामी सबैले ध्यान दिऔं,जसले समाजलाई एकताको सुत्रमा बाँध्न सकिन्छ । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ । राजनैतिक दलहरुको अगुवाईमा सबैको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै अघि बढेको छ । यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेका छौं । केही साता अघि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै सिंगो प्रदेशले अपनत्व गर्ने वातावरण बनाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका हुँदा प्रदेशको साझा मनोविज्ञान तयार भएको छ । संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशको नाम र राजधानीको टुंगो लगाएर हामी नयाँ विन्दुमा आएका छौं,जसले फराकिलो यात्राको ढोका खोलेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु । विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ले यतिखेर सिंगो समाज पिल्सिएको छ । कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले निकै मिहिनेतपूर्वक काम गरिरहेका छन् । कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई जोड दिइरहेका छांै । नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बडा दशैंलाई घरभित्रै मनाऔं । बडा दशैंमा हुने ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरौं । । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दशैं सहितका पर्वलाई विगतमा झै भव्य र उल्लासमय वातावरणमा मनाउने नै छौं । अन्त्यमा, बडा दशैंको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलय शुभकामना ।
शंकर पोखरेल मुख्यमन्त्री

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.