पुष्पकमल दाहाल माधव नेपाल पक्षको विरोध सभा,अ दालत प्रति आफुहरुको पुणर् विश्वास, दाहाल

 

 

 

पुष्पकमल दाहाल माधव नेपाल पक्षको प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभा
माघ १५रुपन्देहि
सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहमुहले आज बुटवलमा विरोधसभा गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोध सभामा बोल्दै अध्यक्ष दाहालले निरंकुशता जनतालाई स्वीकार्य नभएको बताउँदै अबका दुई वर्षमा जनताको सम्वृद्दिको अपेक्षा पूरा गरिने बताउनुभयो । प्रधानमन्त्री ओलिका कारण आज फेरि एकपटक सडकमा जानु परेको बताउदै मुलकले केपिओलिको निरंकुसता लाई आन्दोलनले हराउने बताउनु भयो ।
पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर बिगतमा आधा(आधा समय प्रधानमन्त्री हुने सहमति अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेको तर तीन वर्ष नपुग्दै ओलीले संसद बिघटन गरेको दाहालको आरोप छ ।
अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै अ दालत प्रति आफुहरुको पुणर् विश्वास रहेको बताउदै उहाँले सबैभन्दा ठूलो जनअदालत जनता भएकाले गलत प्रवृति विरूद्द एक हुनुपर्ने बताउनुभयो ।
नेकपा दाहाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताउनुभयो । उहाले निर्वाचन आयोगले पनि सोहि अनुशार निणर्य गरेकाले आफु हरुले नेतृत्व गरेको पार्टिनै सवैनेता तथा कार्यकर्तालाइ नअल्मलिकन मुल पार्टिमा रहन आग्रह गनु भयो ।
नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, बर्षमान पुन, चक्रपाणी खनाल लगायतले प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.