सभा कस्तो हुन्छ हेर्न बुटवल आउनुस मुख्यमन्त्री शंकर पोखरेल
बुटवल माघ २९ ।
नेकपा (ओली समूह) ले आउँदो फागुुन १ गते बुटवलमा गर्ने जनसभानेपालको अहिलेसम्मकै ऐतिहासिक हुने बताएको छ । नेकपा प्रदेश प्रचार बिभागले बुटवलमा हुुने सभाले ऐतिहासिक महत्व राख्ने भन्दै १ गतेको सभा पनि देशलाई नयाँ दिशा निर्देश गर्ने खालको हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनु भयो .
सभामा २ लाख जनता सहभागी हुुने नेकपा स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनु भयो । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाले, ‘भन्नलाई दुुई लाख होइन यर्थाथमै दुुई लाख जनता सहभागी हुन पनि दावि गनु भयो । १ लाख जनता रुपन्देहीका र १ लाख प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने भन्दै मुख्यमन्त्री पोखरेलले बुटवलको सभा यर्थाथमै ठूलो सभा हुने र एैतिहासिक ह’ने दावि गनुृ भयो ।’सभा सुरु हुुनुपूर्व अस्पताललाइनको खाली जग्गामा जम्मा भएर राजमार्ग चौराहा हुुँदै बुटवल ७ को सिद्देश्वरी माविको खेल मैदानमा सभा हुनेछ । सभामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्नेछन । सभामा पूर्व जनमुक्ति सेना पनि सभामा सहभागी हुने पोखरेलले बताउनु भयो । बुटवलको सभालाई नेकपाले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ । ‘ जनमत प्रकट गर्ने कुरा हो , त्यसैका लागि सभा सम्मेलन गर्दै आइरहेका छौं’ पोखरेलले भन्नु भयो । सानो ठाउँमा सभा भए पनि
विभिन्न ठाउँमा ‘डिस्पेले’ राखेर धेरै भन्दा धेरै जनतालाई नेताहरुको भाषण सुन्ने व्यवस्था मिलाइएको छ ।
मुुख्यमन्त्री पोखरेलले नयाँ निर्वाचनबाटै देशमा आइपरेको संकट हल हुने पनि बताउनु भएको छ । ‘जनमतमा जाने कुरा लोकतन्त्रको आधारभूत पक्ष हो’ मुख्यमन्त्री पोखरेलले जनतालाई न्यायाधीश बनाउन चाहन्छौं । ओलीलाई
प्रधानमन्त्रीलाई असफल बनाउने खेल अन्त्य गर्न निर्वाचनमा जानु परेको मुुख्यमन्त्री पोखरेलका्े भनाई थियो ।