गतिशील समावेशी समाज विकास युवा सञ्जाल गुल्मीले खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

 

बुटवल । समाजको सकारात्मक परिवर्तनका लागि हाम्रो युवा अभियान भन्ने नारासहित स्थापित गतिशील समावेशी समाज विकास युवा सञ्जाल गुल्मीले खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको समापनका अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री माननीय सुदर्शन बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्त्री सुदर्शन बरालले बोल्दै समाजको सकारात्मक परिर्वतनको लागि युवाहरुले गरेको कार्य अत्यन्तै प्रशंसनीय भएको बताउनु भयो । उहाले लुम्बिनी प्रदेश सरकारले हरेक क्षेत्रमा सहकार्यको लागि साथ रहेको बताउनु भयो । सञ्जालले गरेको खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रमको उद्घाटन चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष राधिका अर्यालले गर्नु भएको थियो ।
कार्यक्रममा अर्यालले बोल्दै स्वस्थ स्वास्थ्यका लागि खेलकुद महत्वपूणर् भएको बताउदै युवा संजालले चन्द्रकोटको परिचय बनाउन सफल भएको बताउनु भयो ।

सञ्जालका अध्यक्ष चिरन अर्यालले गत वर्षको आय-व्यय प्रस्तुत र सञ्जालको गतिविधीका बारेमा जानकारी गराउनु भएको थियो । खुल्ला भलिवल प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा रेमी युवा क्लब, चन्द्रकोट रेमी शान्तिपुर प्रथम, लक्ष्मी युवा क्लब, कालिगण्डकी गाउँपालिका फोक्सिङ्ग द्वितीय, मामाको फेन्सी पसल मझुवाले तृतीय स्थान प्राप्त गरेका छन् । विजयी टिमलाई नगद रु ३० हजार, २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । सञ्जालले विभिन्न विधाका खेलाडीहरुलाई नगद रु १५ सयका दरले मेडल र प्रमाणपत्रसमेत प्रदान गरेको थियो । कार्यक्रमको सञ्जालका अध्यक्ष चिरन अर्यालको अध्यक्षतामा सदस्य गणेश अर्यालले सञ्चालन मा भएको थियो ।

विं.सं. २०७४ सालमा स्थापना भएको उक्त सञ्जालले छोटो अवधिमा सामाजिक कार्यमा अगाडि बढेको छ । सञ्जालले यस अघि उत्कृष्ट विद्यार्थी सम्मान,ज्येष्ठ नागरिक सम्मान,बृहत वृक्षरोपण,निःशुल्क स्वास्थ्य शिविर,विद्यालयमा शैक्षिक सामग्री वितरण, सहयोगापेक्षीहरुलाई नगद सहयोगसमेत प्रदान गरिसकेको छ ।
सञ्जालले खासगरी रंगशाला निर्माण अभियान सहयोगार्थका लागि उक्त कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष चिरन अर्यालले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.