नेकपा लुम्बिनी प्रदेश को विशाल जनसभा , निर्वाचनबाट मुलुकको सम्वृद्दि र राजनितिक स्थायित्वमा नयाँ आयाम शुरू हुने,प्रधानमन्त्री ओली

 

 

 

 

फागुन १ बुटवल । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ले आगामी वैशाखमा हुने निर्वाचनबाट मुलुकको सम्वृद्दि र राजनितिक स्थायित्वमा नयाँ आयाम शुरू हुने बताउनुभएको छ ।
नेकपा लुम्बिनी प्रदेश कमिटीले आज आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट देशको समृद्धिको सपना पूरा गर्ने लक्ष्यमा अवरोध पुर्याईएकोले प्रतिनिधिसभा बिघटन गरेर चुनावमा जानू परेको स्पष्ट पार्नुभयो ।
संविधान सम्मत र प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति घोषणा गरिएको बताउँदै उहाँले राजनीतिक अस्थीरता निम्त्याउन चाहने प्रवृतिलाई परास्त पार्नुपर्नेमा जोडदिनुभयो ।

चुनावमा जानु प्रतिगमन नभएको प्रष्ट पार्दै प्रधानमन्त्रीले चुनावबाट नै मूलुकले निकास पाउने बताउनुभयो।
प्रधानमन्त्री ओलीले संसदबाट मुलुकको नयाँ नक्सा पारित गरेपछि पार्टीभित्रैबाट आफुलाई हटाउने खेलशुरू भएको उल्लेख गर्दै उहाँले तीन वर्षदेखि बन्न नदिईएका सवैधानिक आयोगहरु दाहाल र नेपाल हटेपछि बनेका र पार्टी पनि गतिशिल भएको बताउनुभयो ।
प्रधानमन्त्री एंव अध्यक्ष ओलीले सरकार विकास निर्माण र जनताका समस्या समाधानमा प्रतिवद्द भएको पनि जानकारी दिनुभयो ।
अर्थमन्त्री एव नेकपा महासचिव बिष्णु पोैडेलले नेकपा नफुटेको र मुलुकको विकासका लागि प्रधानम्त्री ओलीको आवश्यकता अर्को कार्यकालका लागि समेत आश्यक भएको बताउनुभयो । उहाँले चुनाको तयारीमा जुटन् पनस अपिल गर्नुभयो ।
बुटवलको सभाले नागरिकहरुको जनसमर्थन कसलाई छ भन्ने प्रष्ट देखिएको उहाँको भनाई थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.