ह्ेमलाल सर घर नफर्किदा सम्म गेटमै बस्छ भुन्टु सगै खाने संगै सुत्ने भुन्टु मालिकले नदिइ खाना पनि खादैन

बुटवल। मानिसहरूको प्रिय जनावर कुकुर जति इमानन्दार र बफादार हुन्छ, त्यति नै सहयोगी पनि । त्यसैले त धेरैले कुकुर पाल्छन् र परिवारका सदस्य सरह व्यवहार गर्छन् ।
व्यक्ति, परिवार र संगठनहरूले आफ्नो, घरपरिवारको सुरक्षाका लागि मात्रै हैन मानिसले गर्न नसक्ने सुरक्षा र अनुसन्धानमा समेत कुकुरको प्रयोग गरिँदै आएको छ । अर्थात कुकुर मान्छेको सबैभन्दा प्रिय जनावर साथी मानिन्छ ।
एउटा यस्तै एउटा उदाहरण रूपन्देहीको बुटवल पव्लिक स्कुलका संस्थापक प्राचार्य हेमलाल शर्माले पालेको कुकुरमा पनि देखिएको छ । भुन्टु नाम दिईएको उक्त कुकुरले बिहानदेखि रातीसम्म मालिकको रेखदेख त गर्छ नै, मालिकले नदिइ खाना पनि खादैन । उसको दैनिकी विहान को मर्निङ्कवाकबाट सुरु हुन्छ । विहान मालिकसंग चार किलोमिटरको मर्निङ्कवाक गरे पछि उसले नास्ता संगै खाने गर्दछ । त्यो पनि मालिकले दिएपछि र मालिकले पनि खाना सुरु गरेपछि मात्र । अरुले दिएर खादैँन कुकुरको । मालिकप्रति भुन्टुको प्रेम र निष्ठालाई देखेर मानिस अचम्मित बनेका छन्। आफु बाहिर जाँदा नफर्किदासम्म भुन्टुले खाना नखाने हुनाले अर्जेन्ट नपरी आफु बाहिर नजाने र गएपनि चाडैनै घर फर्किनुपर्ने बाध्यता रहेको कुकुरका मालिक तथा बुटवल पव्लिक स्कुलका प्राचार्य हेमलाल भुसालले जनाकारी दिनु भयो । उहाले कुकुरले गर्ने व्यबहारले आफु अत्यान्त प्रभावित भएको परिवारकै सदस्य भन्दा फरक नरहेको पनि बताउनुभयो । उहाले भन्नुभयो(मलाई पविारका सदस्यले भन्दा बढी माया गरेको अनुभुति भएको छ । विहानदेखिका हरेक गतिविधि निगाल्ने गरेको र आफुले अह्राएको सवै भाषा बुझ्रने गरेको पनि बताउनु भयो । कुकुरले आफ्नोमा आउने पाहुनाहरुलाई समेत मालिकको आदेश अनुसारको सत्कार गर्ने गरेको आफु स्कुलमा हुँदासमेत सोफा र कुर्चीमा संगै बस्ने गरेको बताउनुभयो । आफु बाहर जादा तिन चार दिनसम्म खाना नखाई गेटमा कुरेर बस्ने गरेकाले र विरामी हुँदासमेत संगै कुकुर बसेर रुने गरेको बताउनुभयो । कुकुर अहिले छ बर्षको भएको छ । पोखराबाट साथिीले उपहार दिएको कुकुर अहिले परममित्र मात्रै बनेको छैन, मानिसले गर्ने सुरक्षा गार्डको काम समेत काम गरेको छ । दुध, पनिर, मासु, अण्डा भुन्टुको मुख्य खाना हो । अभिवावक प्रतिको लगाव देखेर विद्यार्थी, अभिभावक, कर्मचारीहरुलाई समेत शिक्षा मिलेको छ । कुकुरको आत्मीयता ब्यवहार नजिकबाट नियालेका छिमेकी शिव पराजुलीले पनि शर्माले पालेको कुकुरबाट मनग्य शिक्षा लिन सकिने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.