हुँगेली आँगनको साधारणसभा तथा वनभोज सम्पन्न

 

 


हुँगेली अाँगनको साधारणसभा तथा वनभोज सम्पन्न काठमाण्डोै । हुँगेली अाँगन काठमाण्डोैको साधारणसभा तथा वनभोज कार्यक्रम शनिवार सम्पन्न भयो । अाँगनका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षता तथा सचिव रामकृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक नुर भण्डारीले ब्यक्त गर्नुभएको थियो । बालाजुमा अायोजना भएको कार्यक्रममा अध्यक्ष नारायणप्रसाद भण्डारीले संस्थाको समग्र प्रतिवेदन, कोषाध्यक्ष ध्रुवराज भण्डारीले अार्थिक प्रतिवेदन र अार्थिक तथा लेखा संयोजक शालिकराम सुवेदीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । काठमाण्डोैमा रहेका छत्रकोट गाउँपालिका -१, हुँगाका दाजुभाईबीच अात्मियता बढाउँदै अार्थिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यले २०७२ सालमा प्रकृया शुरू भएपनि २०७६ असोजदेखि विधिवत हुँगेली अाँगन गठन भै कार्य अघि बढाईएको थियो । साधारणसभा तथा वनभोज कार्यक्रममा अाँगनका सदस्यहरू तेजप्रसाद भण्डारी, ताराप्रसाद न्योैपाने, मोहन भण्डारी, चमेली पल्लीले सँस्थाको काम र उद्यश्येबारे सहजीकरण गर्नुभएको थियो । यसैगरी जनजागृति मावि, हुँगाका पूर्वशिक्षक नारायणप्रसाद भण्डारी, काठमाण्डोै महानगरपालिकाका शिक्षा विभाग प्रमुख तारापति खरेल, उपसचिव डिल्लीराज भण्डारी,शारदा भण्डारी, बिष्णु सुवेदी,राम भण्डारी, गान्धीव सुवेदी, नारायण भण्डारी, विनु भण्डारी पाण्डे, अमित भण्डारी, मुना खरेल, विक्रम पछाईँ लगायतले हुँगेली अागनका कामहरू सराह्नीय भएको भन्दै अागामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिनुभयो । सो अवसरमा बालबालिकाका लागि म्युजिकल चेयर प्रतियोगिता र सहभागिका लागि घैटो फोर प्रतियोगिता अायोजना गरिएको थियो । प्रतियोगिताका विजयीहरूलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरिएको थियो । कार्यसमिति सदस्य रोहित सुवेदीको संयोजनमा भएको मनोरञ्जनात्मक कार्यक्रममा बिङ्गो खेल पनि संचालन गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.