दोस्रो नवयुग कप नकआउट फुटबल प्रतियोगिता २०७७ सुरु खेलकुद विकासमा नगरपालिकाले महत्व दिएको छ,नगरप्रमुख कार्की

 

बुटवल। नवयुग युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो नवयुग कप नकआउट फुटबल प्रतियोगिता २०७७ सुरु भएको छ । “समाज रुपान्तरणका लागी युवा पहल, जितेर जाउ सिकेर जाउ” भन्ने नारासहित स्थानिय प्रोत्साहन दिन आयोजित फुटबल प्रतियोगिताको प्रमुख अथिति सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमन नगरप्रमुख कार्कीले खेलकुद विकासमा नगरपालिकाले महत्व दिएको बताउनुभयो । उहाँले खेलमैदानको डिपिआरको लागी बजेट छुट्टाएकोले छिटो काम अघि बढ्ने बताउनुभयो । बहुउपयोगि खेलमैदानको रुपमा विकासका लागि सघाउन नवयुग क्लवसँग आग्रह गर्नुभयो ।

खेलाडीलाई  कार्यक्रममा बोल्दै विशिष्ट अथिति सैनामैना एकका वडाध्यक्ष केहरसिंह गलामी मगरले नवयुग युवा क्लवले युवाहरुको मार्गदर्शन गरेको र कुलतमा लागेका युवाहरुलाई समेत सहिबाटोमा ल्याउन महत्वपुर्ण योगदान गरेको भन्दै प्रसंशा गर्नुभयो । वडाले क्वलका गतिविधिमा सहयोग गरेको बताउदै उहाँले आगामी दिनमा समेत सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा क्लव अध्यक्ष तुलबहादुर तरामु मगरले नवयुग युवा क्लव सैनामैनाले युवाहरु खेलकुदका साथै सिर्जनात्मक गतिविधिमा ध्यान दिएको बताउनुभयो ।

 

क्वलका उपाध्यक्ष अनिल पोखरेलको स्वागत तथा सहसचिव रेसम खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा खेलको उद्घाटन समारोह हुनु अघि स्थानीय बाजागाजा सहित र्याली निकालिएको थियो । आजको उद्घघाटन खेल बुद्धभुमी एकेडेमी बाँसगढी र नवयुग युवाक्लवबीच भएको थियो। खेलमा बुद्धभुमी ऐकेडेमीले पाँच एकको फराकिले गोल अन्तरले जित हात पारेको छ । प्रतियोगितामा १२टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले एकलाख एक हजार एकसय एघार प्राप्त गर्नेछन भने उप विजेताले एकाउन्न हजार एकसय एघार प्राप्त गर्ने छन् । भोलीको खेल सेभेन स्टार नयागाँउ नवप्रतिभा युथक्लव गजेडी विच हुने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.