बुद्द क्रिकेट क्लव भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश

रूपन्देही । फागुन १७

बुद्द क्रिकेट क्लव भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।सिद्दार्थ रंगशालामा अाज भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल-११ लाई ७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।टस जितेर ब्याटिङ गरेकोे बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनाएको थियो । उसका लागि रिजन प्रजुले ३५, निखिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाएका थिय । बलिङमा बुटवल-११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३/३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १/१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको बुटवल-११ले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन मात्रै बनायो। उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २/२ तथा विपिन खत्री र रिजन प्रजुले समान १/१ विकेट लिए । अमित अग्रहरी म्यान अफ द म्याच भए । मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिनुभयो ।प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.