समुदायको सहभागितामा वन व्यवस्थापनको दिगो नीति बनाईनेछ-प्रधानमन्त्री

 

 

काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको सहभागितामा बनाईने घोषणा गर्नुभयो । कपुरको विरूवा सिंचित गरेर परिषद बैठक उद्घाटन गर्नुभएका प्रधानमन्त्री अोलीले विगतमा वैज्ञानिक वन व्यवस्थापनका नाममा जंगल विनास गर्ने काम भएकोले सरकारले त्यसलाई रोकेको जानकारी दिनुभयो । “वैज्ञानिक वन भनेको त वन सखाप पार्ने योजना रहेछ । त्यस्तो हुन दिनु हुन्न । त्यसैले सरकारले जनताको हित हेरेर खारेज गर्ने निर्णय गरेको हो ।” जनताको सहभागितामा वनको दिगो व्यवस्थापन हुनुपर्ने उहाँको भनाई छ। महासंघको परिषदले नेपालको समग्र वन तथा वातावरणका बिषयमा महत्वपुर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्तगर्दै प्रधानमन्त्री अोलीले सामुदायिक वनले सम्वृद्दिको लक्ष्यमा योगदान पुर्याएको पनि बताउनुभयो । उहाँले नेपालको वन क्षेत्र र वनस्पति संरक्षणमा थप भुमिका खेल्न महासंघलाई अाग्रह गर्दै सरकारलाई नीति बनाउन सघाउन पनि सुझाव दिनुभयो । रोजगारी बढाउने,वनको सुरक्षा र अधिकतम विकास तथा जनताले अधिकतम प्रतिफल लिने कुरामा सरकार प्रतिवद्द रहेको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले भन्नुभयो -“कुनैबेला हरियो वन नेपालको धन भनिन्थ्यो । पछि वन विनास भयो । तर वन बचाउन सामुदायिक वनको योगदान अमुल्य छ । त्यसले वनको विकास र संरक्षणमा महत्वपुर्ण योगदान गरेकोमा म फेकोफनको प्रशंसा गर्छु। उपभोक्ता समूह नभएको भए, सामुदायिक वन नभएको भए नेपालको वन क्षेत्र धेरै विनास हुन्थ्यो।” उहाँले सामुदायिक वनको योगदानको कारण कार्वन व्यापारमा सहयोग पुगेको बताउनुभयो । प्रधानमन्त्री अोलीले वनलाई सम्वृद्द बनाउने र कृषि वनको विकास गर्नुपर्नेमा पनि उहाँले जोडदिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो- वातावरणिय सन्तुलन कायम गर्न पनि वन नै चाहिन्छ । हाम्रो वन धेरै बहुमुल्य हो । तापक्रम सन्तुलनमा राख्न पनि वन जोगाउनुपर्छ ।” वनलाइ वनकै रूपमा जोगाउनुपर्ने बताउँदै वनमा काम गर्ने मान्छेहरूको मुटु र मस्तिष्क बलियो हुने प्रधानमन्त्रीको धारणा छ । त्यस अवसरमा महासंघका तर्फबाट प्रधानमन्त्रीलाई मायाको चिनो प्रदान गरिएको थियो । उद्घाटन समारोहमा वन तथा वातावरणमन्त्री प्रेम अालेले वन संरक्षणमा सामुदायको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । वनलाई संरक्षणसंगै उद्दमशिलतामा जोड्नुपर्ने बताउँदै मन्त्री अालेले वनको नीति सामुदायिक वन र उपभोक्ता मैत्री हुनेगरी बनाइने पनि बताउनुभयो । सभाका अध्यक्ष एवं महासंघका अध्यक्ष भारती पाठकले सामुदायिक वन र उपभोक्ताको अधिकार स्थापित गर्न महासंघ निरन्तर लागिपरेको बताउँदै परिषदले वन र उपभोक्ताको अधिकार सुनिश्चित गर्दै नयाँ रणनीति वनाउने बताउनुभयो । उहाँले यो वर्ष महासंघले रजतजयन्ती मनाइरहेको बताउँदै सामुदायिक वन अान्दोलनले उपभोक्ताहरूको हकअधिकारलाई स्थापित गर्न सफल भएको बताउनुभयो । महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार घनश्याम पाण्डेले सामुदायिक वनको २५ वर्षको ईतिहासको समीक्षा गर्दै अागामी रणनीति तय गर्नुपर्ने बताउनुभयो। वन संरक्षणमा अब सेना खटाउनु नपर्ने बताउँदै उहाँले सामुदायिक वनका मुद्दाहरू टुङ्गोमा पुर्याउन अहिलेको कार्यसमितिले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । यसैगरी महासंघका संस्थापक अध्यक्ष हरिप्रसाद न्योैपानेले अवका दिनमा सामुदायिक वन र उपभोक्ता समुहहरूले उद्दमशिलता र अार्थिक उपार्जनमा ध्यानदिनुपर्ने बताउनुभयो । यसैगरी पुर्वअध्यक्ष भीमप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष गणेश कार्की, पुर्व अध्यक्ष अप्सरा चापागाई, वन संरक्षण र उपभोक्ताको अधिकार सुनिश्चित गर्दै पैरवीको अभियानलाई अझै बढाउनुपर्नेमा जोडदिनुभयो । उद्घाटन समारोहमा राष्ट्रिय योजना अायोगका सदस्य कृष्णप्रसाद अोली, वन मन्त्रालयका सचिव, नेपाल नगरपालिका महासंघ, गैसस महासंघ, गाउँपालिका महासंघ, काष्ठ व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधि लगायतले परिषद सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष भिमप्रकाश खड्काले स्वागत गर्दै देशभरका उपभोक्ताहरूले सन्ततीलाई झै माया गरेको प्राकृतिक श्रोत उपभोगमा जनता बन्चित हुनुपरेको बताउनुभयो । सिंहदरवारको अधिकार गाँउमा पुगेपनि जनताको घर अाँगनमा पुग्न नसकेको बताउँदै उहाँले सामुदायिक वनको अधिकार खोस्ने प्रयास मान्य नहुने पनि बताउनुभयो । कार्यक्रमको सञ्चालन महासचिव विर्खबहादुर शाहीले गर्नुभएको थियो। त्यस अबसरमा पुस्तक विमोचन समेत गरिएको थियो । पुस्तकमा संसारभरका वन विज्ञहरूको अनुभव र अागामी योजना र रणनीति समेटिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.