खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

 

 

 

बुटवल, १८ फागुन ।
रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन। मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन्। यसैगरी महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६-३, ६-१ को सेटमा जित निकाल्दै उपाधी हात पारिन।
यसैगरी ३५ प्लसमा कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६-२, ६-० को सेटमा पराजित गर्दै जित निकाले भने ४५ प्लसमा चन्द्र शाहीले धर्म लामिछानेलाई ६-४,६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे।
५५ प्लसतर्फ भने हिमाल शाहले मनोज राणालाई ६-७, ६-२, १०-२ को सेटमा पराजित गरे ।
विजयीहरूलाई एक समारोहका बिच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल लगायतले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो ।
त्यस अवसरमा लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित सम्मान गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.