एभरेष्ट डोर इन्डष्ट्रिजमा आगलागी हुँदा ९ करोडको क्षति,५ वटा दमकलले ६ बजेदेखि १० बजेसम्म चार घण्टा लगाएर आगो नियन्त्रणमा

बुटवल, फागुन २२ । रूपन्देहीको सुद्धोधन गाउँपालिका-३ बेतहीस्थित एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि तथा सदिक्षा सहमिलमा आगलागी हुँदा करोडौ रूपैयाँ बराबरको क्षति भएको छ ।

 


शुक्रबार बिहान उद्योगमा आगलागी हुँदा तयारी सामान, कच्चा पद्धार्थ र उद्योगमा गरी करिब ९ करोड रूपैयाँ बराबरको क्षति भएको इन्डष्ट्रिजका सञ्चालक सुर्य प्रसाद खनालले जानकारी दिनु भयो । शुक्रबार बिहान ५ बजेतिर विद्युत सट भएर आगलागी भएको बताइए पनि आगलागीको कारण भने, खुल्न सकेको छैन ।
बुटवल, तिलोत्तमा र सिद्धार्थनगरका गरी ५ वटा दमकलले ६ बजेदेखि १० बजेसम्म चार घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । एभरेष्ट इन्डष्ट्रिज रुपन्देहीमा ठूलो धनरासी लगानी गरी सञ्चालनमा ल्याइएको उद्योग मध्ये पर्छ ।
उद्योगमा तयारी ढोका र प्लाइउड, कच्चादेखि दुई करोड रुपैयाँसम्म पर्ने ठूला मेसिन समेत पूणर् रुपमा जलेर कामै नलाग्ने भएको इन्डष्ट्रिजका प्रबन्धक रामप्रसाद खनालले बताउनु भयो ।
उद्योगमा छिमेकी आगोको मुस्लो देखेपछि सञ्चालकलाई खवर गरेका थिए । ३ वर्ष अगाडि १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको थियो । उद्योगमा १ सय भन्दा बढी मजदुरले रोजगारी पाएका थिए ।
एभरेष्ट महिला उद्योगी भगवती पाण्डे र गीता बस्याल सञ्चालन गरेको उद्योग हो । सञ्चालक सुर्य प्रसादखनालले ‘आगलागीले हामी सडकमा पुराएको बताउनु भयो । अब कसरी उद्योग सञ्चालनमा उद्योगमा केही पनि बचेन । राज्यको विपद व्यवस्थापन गर्ने निकायले केही गरिदिन पनि उहाले आग्रह गर्नु भयो । उद्योगका लागि चाहिने सबै वस्तुहरू नेपालमा नपाइने सानो चिज कालागी पनि भारत बा अन्य मुलुक पुग्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
‘आगोले सत्यानाश गरिदियो’ प्रबन्धक रामप्रसादले भन्नुभयो ‘करिब ९ करोडको क्षति भएको छ । क्षतिको यकिन विवरण अझै बढ्न सक्छ ।’ जनपथ प्रहरी, शसस्त्र प्रहरी र स्थानीय गरी ३ हजार जना जम्मा भएर आगो नियन्त्रणमा लिएका थिए । हावाहुरी र खडेरीको मौषम सुरु भएसँगै आगलागीका घटना बढदै गएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.