दीपमा महिला शिक्षक र कर्मचारी सम्मान

 

 

फागुन-२४, बुटवल ।
दीप बोर्डिङ हाई स्कूलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ ।
१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला दिवसको बारेमा विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले प्रकाश पार्नुभएको थियो भने विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले देशको शैक्षिक, आर्थिक लगायत समग्र राष्ट्रको समृद्धिमा आधा आकाश ढाकेका महिलाहरूको महत्वपूणर् भूमिका रहेको भन्दै महिलाप्रति सम्मानको भाव व्यक्तिदेखि राष्ट्रका सबै अङ्गहरूले गर्नुपर्ने बताउनुभएको थियो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्रचार्य कलाधर अर्याल र ज्ञानु थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चलान उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन विद्यालयका सामाजिक विषय प्रमुख अमर खत्रीले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.