तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

 

तिलोत्तमा, फागुन २४ । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप-प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो ।

श्रमिकको आर्थिक/सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गर्नुभयो ।

दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार ः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ । समुदाय स्तरका महिलाहरुले सहभागिता जनाएको प्रतियोगितामा महिलाहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निणर्ायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने बताउँदै परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिनुभयो । पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उहाँले राज्यले बनाएका नीति/नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताउनुभयो ।

नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई लैङ्गिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नगर उप-प्रमुख जगेश्वरदेवी चौधरीले रुदीवादी चिन्तन र व्यहबार त्यागन सकेमात्र समतामूलक समाज निर्माण हुने बताउनुभयो । समान कामको समान ज्याला सम्बन्धी निणर्य तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उहाँले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताउनुभयो । उहाँले कसैले समान कामको समान ज्याला नपाएको भए सप्रमाण उजुरी दिन सम्बद्ध सबैलाई आह्वान गर्नुभयो । महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उहाँले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत, ईन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर सचिव लक्ष्मण खनाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ-संस्था, आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.