दोस्रो नव युग कपको उपाधि नवप्रतिभा युवा क्लब लाई

 

 

बुटवल । रुपन्देहीमा सम्पन्न दोस्रो नव युग कपको उपाधि नवप्रतिभा युवा क्लबले जित्न सफल भएको छ । रोमाञ्चक फाइनल भिडन्तमा नव प्रतिभाले राइजिङ-११ लाई टाइब्रेकरमा ४-२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।
सैनामैना-१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यद्यपि खेलमा दुवै टोलीले पाएको राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

 

 


टाइब्रेकरमा भने नतिजा नव प्रतिभाले आफ्नो पक्षमा पार्न सफल भएको थियो । राइजिङका दुई खेलाडीको प्रहार पोष्टको माथिल्लो भागबाट बाहिरिनु नै टर्निङ प्वाइन्ट बन्यो । फाइनलको म्यान अफ द म्याच नव प्रतिभाका कमल श्रेष्ठ घोषित भए ।
विजेता बनेको नव प्रतिभाले उपाधिसहित नगद १ लाख एक हजार १११ रुपैयाँ हात पार्यो भने उपविजेता राइजिङले ५१,१११ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नव प्रतिभा कै शिव बोटे घोषित भए। उनले नगद ७५ सय हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बुद्धभुमि फुटबल एकेडेमीका बिमल बिकले हात पारे। बिकले पनि ट्रफीसहित नगद ५ हजार प्राप्त गरे ।
नव युग युवा क्लब, सैनामैना-१ बनकट्टाको आयोजनामा गत फागुन १५ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा समापन अवसरमा सैनामैना नगरपालिका उप प्रमुख विना रानाले खेलकुद लाई नगरपालिकाले उच्च प्रथामिकतामा राखेको बताउनु भयो । उहाले खेलकुदको विकासमा नगरपालिका लागीरहेको बताउदै खेलकुद को पुर्वधार विकासमा नगरपालिकाले काम गरीरहेको बताउनु भयो ।
समापन कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष तुल तरामुले आगामी दिनमा प्रतियोगितालाई थप भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । अध्यक्ष तरामुले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो । फागुन १५ गतेदेखि सुरु भएको कार्यक्रमा विभिन्न सास्कृतिक कार्यक्रम तथा प्रतियोगिताका अलावा स्थानिय हरुका विचमा मैत्रीपुणर् खेलको समेत आयोजना गरीएको थियो । स्थानिय युवा र स्थानिय विच भएको रमाईलो मैत्रिपुणर् खेलमा युवा हरुको टिमले जितेर खसी पुरस्कार प्रात्त गरेका थिय । कार्यक्रममा क्लवलाई सहयोग गर्ने सहयोगी हरुलाई सम्मान गरीएको क्लवका सहसचिव रेशम खनालले जानाकारी दिनुभयो । कार्यक्रममा विजेता उपविजेता हरुलाई सैनामैना नगर उप प्रमुख विना राना वडा नम्मर एका वडाध्यक्ष केहर सिंह गलामि मगर लगाएतले पुरस्कार वितरण गनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.