श्रृड्डेश्वरधाममा,भक्तजनको घुईचो

 

 

हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी अर्घाखाचि लगायतका जिल्ला र भारत समेत बाट हजारौ भत्तजन धाममा रहेको पशुपति नाथको दर्शगरेको बताउनु भयो ।

भत्तजन हरुले आफुहरु पशुपतीनाथको दर्शन गर्नुकासाथै धाममा रहेको एक सय ८ शिवलिङग एक सय ८ वरपिपल,हवनकुण्ड मानसरोवरकुण्ड,कैलास पर्वत ,शनिदेव र भैरवदेको मन्दिरमा एकैसाथ दर्शन गर्नपाउदा अत्यन्त खुसिभएको बताए थिय । दिनभर भिड बढेपछि धाममा भत्तजनहरुले धण्टौलाईनमा वसेर पुजा गरेका थिए । केहिबर्ष अगाढी निर्माण गरेको धाममा भत्तजन को घुईचो लागेपछि आफुहरु अत्यन्त उत्साहित भएको गुल्मेलि सम्र्पक समाज रुपन्देहिका अध्यक्ष तथा धामका संरक्षक हिरा बहादुर भलामिले बताउनु भयो ।

तिनाउनदी छेउ नजिकैको श्रृगेश्वर धाममा पशुपतिनाथको मन्दिर, कैलाश पर्वत, बटुक भैरव, सनिदेवको मन्दीर,राधा कृष्णको मन्दिर,नागदेवताको मन्दीर एक सय ८ शिवलिङग एक सय ८ वरपिपल,हवनकुण्ड ,एसियाकै ठुलो त्रिसुल , पशुपति सदन मनेमहक पार्क लगायतका संरचना स्थापना गरिएको छ । सोहि परीषदमा जेष्ठ नागरीक मिलनकेन्द्र को निर्माण भैसकेको जेष्ठनागरिक मिलनकेन्द्रका अध्यक्ष खेमपुनले बताउनु भया । धामलाई आर्कषक र मनोमहक बनाउन पानिको फोहरा बगैचा निर्माण समेत भैसकेहेको छ । धाम सबै धर्मालम्बी हरुको केन्द्रको रुपमा बिकास भैरहेको छ ।

अहिले नेपालका अलावा भारत बाट समेत श्रृगेश्वर धामको दर्शन गर्न तथा मनमोहक ,आकर्शक रमणिय दृश्य हेर्न धुईचो लाग्ने गरेको छ । पहिले हरेक किसिमले डरलाग्दो स्थान रहेको क्षेत्र धामको विकास संगै विकासले गति लिएपछि स्थानिय पनि खुसि भएका छन् ।
धामले धार्मिक प्रर्यटकिय स्थलको रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गरीरहेको धामका सचिव केशब प्रोखरेल ले बताउनु भयो । गुल्मेली सम्पर्क समाज रुपन्देहिको नेतृत्वमा श्रृड्डेश्वरधाम निर्माण गरीएको हो ।धाममा रहेको पशुपतिनाथको मन्दीर लगाएतका मन्दिरमा हरेक दिन श्रदालु भक्तजनको घुइचो लाग्ने गरेको छ । चर्को गर्मिका बावजुद भत्तजनहरु घण्टौ लाईनमा बसेर शिवलिङग मा जलार्पण गर्नुका साथै धाममा रहेका विभिन्न मन्दीर को दर्शन गरेका थिय । केहि समयमै जेष्ठ नागरीक मिलन केन्द्रको समेत संचालन गर्ने तयारी रहेको धामले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.