पुष्प बहुउद्देश्यीय सहकारीको आयोजनामा एकदिने आखा शिविर तथा सुगर, प्रेसरको निसुल्क चेकजाच

 


बुटवल चैत्र १
बुटवल उपमहानगरपालिका सात दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्थालिमिटेडको आयोजना डाक्टर रोजि खत्री तथा तिलोत्तमा आई केयरको र ल्यावको लागि सिड मेडिकल ल्वोटरी बुटबल प्रालिको प्राविधिक सहयोगमा एकदिने आखा सिविर तथा सुगर, प्रेसरको निसुल्क चेकजाच सम्पन्न भएको छ । सहकारीले आप्ना सदस्यहरुको स्वास्थ्यको ख्यालगरी आखाँ सिविर ल्याएको हो । शिविरको उद्धाटन गदै वुटवल उपमहानगरपालिकाका प्रमुख सिव सुवेदिले आप्ना सदस्य हरु प्रतिको दाइत्व सहकारीले निर्वाहा गरेको बताउदै बुटवल नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनु भयो । नगर प्रमुख सुवेदिले सवै संघ संस्थाले सहकारीले पुष्प सहकारीले जस्तै आप्ना शेयर सदस्यको स्वाथ्यको ख्याल गरे सामाज परीबर्तन गर्न सहज हुने बताउनु भयो । कार्यक्रममा श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चरण तिमेल्सेनाले स्वास्थ्यनै सवैको मुख्यकुरा भएकाले रोग लाग्न नदिन र बेलैमा स्वाथ्य प्रति जनचेताना फैलाउने योकार्यक्रम संचालन गरीएो बताउनु भयो । अध्यक्ष तिमल्सेनाले हरेक बर्ष सहकारी मा फरक फरक निशुक्क स्वास्थ्य शिविरतथा प्रशिक्षण संचालन गरेको बताउनु भयो । सहकारीले गाईनो,दातरोग मुटु रोग जस्ता रोग हरुको शिविर मार्फत उपचार गरीएको बताउनु भयो । बुटवल ७ स्थित साईनिङ स्टार बोडिङ स्कुलमा राखिएको शिविरमा ३०० बढीले सिविरमा आँखा तथा सुगर शिविरमा सेवा लिएको पुष्प सहकारीकि ब्यबस्थापक सरस्वति न्यौपानेले जानाकारी दिनुभयो । संस्थाका उपाध्यक्ष युवराज अमगाईको संचालनमा भएको औपचारीक कार्यक्रमा तिलोत्तमा आईकेयर का एमडि देबराज जोसि गणेस प्रसाद सेडाइ, रबिन्द्र कुमार बराल, विजेता गौतम पुजा राम्दालि मगर साईनिङ स्टार बोडिङ स्कुलका प्रचार्य रुक्मागल गैरे लगायतले बोल्नु भएको थियो । सहभागि सदस्य सहकारीले आप्नै घरदैलोमै स्वास्थ्य चेकजाचको ब्यवस्था मिलाएको भन्दै खुसिव्यक्त गरेकाथिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.