प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस

 

प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस
रुपन्देहि चैत्र २
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । रुपन्देहिको पछाडि परेको क्षेत्र मर्चवारका उपभोक्ता लाई जागरुप गराउने उद्देश्यले मर्चवार क्षेत्रका स्थानिय तहका जनप्रतिनिधि शिक्षक ,विर्धार्थि ,कर्मचारी,व्यापारी,त्यस क्षेत्रका संघसंस्थाका प्रतिनिधिको ईलाका प्रहरी सहभागीतामा व्यापक छलफल तथा अन्तरक्रिया गरी उपभोक्ता दिवस मनाईएको हो ।


सम्मरीमाई गा पा वडा नं. ५ मा रहेको रोहिनीहवा सभाहलमा आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहिको आयोजनामा सम्पन्न कार्यक्रममा वाणिज्य कार्यालयका कार्यालय प्रमुख टेकराज भट्टराई¸ खाद्य प्रविधि तथा गुण नियान्त्रण कार्यालयका प्रमुख बिमल कुमार दाहाल¸ उपभोक्ता मञ्चका अध्यक्ष तेजकुमार पाठक र सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले उपभोक्ताका संरक्षण एैन २०७५, खाध्यऐन तथा गुणस्तर ,सम्वन्ध तथा उपभोक्ता अधिकार उपभोक्ता दण्डसजाय विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका कार्यालय प्रमुख टेकराज भट्टराईको अध्यक्षता¸सम्मरीमाई गा पा का अध्यक्ष जितेन्द्रनाथ शुक्ला¸ को प्रमुख आथित्यता तथा सम्पन्न कार्यक्रमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे¸ विशिष्ट अथिति मर्चवारि गा पा का अध्यक्ष केशवानन्द वानिया¸ कोटहिमाई गा पा का अध्यक्ष चन्द्रभुषण यादव ,स प्र जि अ कृष्ण बहादुर खड्का उपभोक्ता मञ्चका अध्यक्ष तेज कुमार पाठक¸ मर्चवारी गा पा का उपाध्यक्ष सुनिता कलवार¸ गुण नियान्त्रण कार्यालयका प्रमुख बिमल कुमार दाहाल¸ लगाएतले बोल्दै हरेक समान को उपभोग गर्दा सहिसमान सहिमुल्य होकि होईन भनेर ख्याल गर्नु पर्ने बताउनुभयो ।उहाहरुले उपभोक्ताले आफु ठगिए उजुरी गर्न आग्रह गर्दै व्यापारीहरुले गुणस्तरीय समान उपलब्ध गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्ने बक्ता हरुले उपभोक्ताको अधिकारको सवैले ख्याल गर्दै आआप्ना ब्यवसाय संचालन गर्न उपभोक्ता आफै सचेत हुन आग्रह गरीएको थियो ।कार्यक्रममा उपभोक्ता को अधिकारको बारेमा जानाकारी गराएर सरायिन काम गरेको भन्दै आगामि दिनमा समेत मर्चवार क्षेत्रमा कार्यक्रम गर्न सहभागी हरुले आगैह गरेका थिय ।सो कार्यक्रमको संचालन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण ,कार्यालयका नायव सुब्बा नारायण पन्थीले सञ्चालन गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.