कैदिबन्दीहरुको आनिबानि व्यबहारमा परीबर्तन ल्याउन आर्टअफलिभिङ तालिम

 

 

चैत्र रुपन्देहि
कैदी बन्दीहरूमा सकारात्मक सोचको थप विकासमा सघाउने उद्देश्यले आज रूपन्देहीमा सकरात्मक सोच विकास आर्टअफलिभिङ तालिमको आयोजना गरियो ।
जिल्ला कारागार भैरहवामा रहेका कैदिबन्दीहरुको आनिबानि व्यबहारमा परीबर्तन ल्याउने तथा कैदभुक्तानी पछि पनि समाजमा स्थापितह गराउन सघाउने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थले कैदी बन्दीहरूमा सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो । उहाले हरेक ठाउमा रहदा असल सव्य हुनुपर्ने बताउदै हिजोका गल्तीबाट पाठ सिकेर सकारात्मक नैतिक वान हुन जरुरी रहेको बताउनु भयो । हिजोका कमिकमजोरिलाई सच्चीएको सन्देश समाज लाई दिन र समाजमा विश्वास जित्न समेत
कैद भुक्तानका क्रममा सामुहिक रूपमा बस्दा र समाजमा फर्कदा उनीहरूमा सिर्जनात्मकता हुनुपर्ने पनि सचिव पन्थको भनाई छ ।
यसैगरी रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सकारात्मक सोच र व्यवहारले कैद भुक्तानीपछि समाजमा पुनर्स्थापना हुन सहयोग पुग्ने बताउनुभयो । उहाले हरेक नागरीक सरह सरल सहज हुन बन्दी हरुलाई तालिमले सघाउने बताउनु भयो । कार्यक्रमा आर्ट अफ लिभिङका प्रशिक्षक विष्णु प्रसाद पाण्डे र गोपाल अर्यालले बन्दी कैदिहरुलाई तालिम दिनु भइको थियो । लुम्विनि प्रदेश सरकारले लुम्विनि प्रदेश का जिल्ला कारघारमा तालिम दिने योजना बनाएको छ ।कार्यक्रममा जिल्लाप्रहरी कार्यलयका प्रहरी उपरिक्षक प्रविण पोखरेल जेलर नारायण पन्थी लक्ष्मी मरासिनि लगाएतले बोल्नु भएको थियो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.