जोहाङ प्राथमिक स्वास्थ केन्द्र मा दाँत तथा मुख,स्वास्थ्य शिविर २६८ जना दांत का बिरामिले लिए उपचार

 

सामाजिक विकास मन्त्रालय तथा स्वास्थ निर्देशनालय को आयोजना ,सत्यवती गाउपालिका को ब्यस्थापकिय सहयोग, आधुनिक समाज डेन्टल केयर प्रा लि को प्राबिधिक सहयोग र सत्यवती हंसरा गुल्मी सम्पर्क समाज रुपन्देहिको समंयोजन मा सत्यवति गा पा -६ जोहाङ प्राथमिक स्वास्थ केन्द्र मा एक दिने दाँत तथा मुख स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सम्पर्क सामाज का अध्यक्ष नारायण प्रसाद ज्ञवालिको अध्यक्षता ,सत्यवति गा पा का अध्यक्ष पारिश्वर ढकाल के प्रमुख आथित्यता सम्पन्न भएकोकर्यक्रममा , सञ्चालन सचिव बालकृष्ण भण्डारीले गर्नु भएको थियो । उक्त कार्यक्रम मा कार्यक्रम संयोजक तथा सम्पर्क समाजका उपाध्यक्ष माधब प्रसाद भण्डारि ले स्बागत मन्तव्य राख्दै यस कार्यक्रम सम्म ल्याउन सहयोग गर्नु हुने सम्पुणर् मा धन्यवाद दिनुभएको थियो । गुल्मि क्षेत्र-१ प्रदेश सांसद तथा सामाजिक बिकाश मन्त्रि माननिय शुदर्शन बराल कार्यक्रमलाई प्रथमिकतामा राखेर सहयोग गर्नु भएको भन्दै धन्यबाद दिनु भएको थियो ।
उ्क्त कार्यक्रम मा बोल्दै प्रमुख अथिति पारिश्वर ढकाल , बिशिष्ट अथिति हरु सत्यवति गा पा वाड न ५-६ का अध्यक्ष ओम प्रकाश भण्डारि,बिष्णु प्र भण्डारि हरुले यो शिविर संचालनका लागी याहा हरुको यो निणर्य सही भएको भन्दै आगामी दिन मा पनि यस्तै कार्यक्रम हरु सम्पर्क समाज ले ल्याउने आशा व्यक्त गर्दै यस्ता कार्यक्रम मा पालिका तथा वाड ले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो आयोजक ,संयोजन गर्ने सम्पर्क समाज , प्राविधिक टोलि लाई समेत धन्यबाद दिनु भएको थियो।

उक्त कार्यक्रम मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल कि प्रमुख कन्सलटेन्ट डा वर्षा थापा को नेतृत्व मा ५ जाना डाक्टर हरुको उपस्थित मा २६८ जाना दांत का बिरामिको दाँत भर्ने फुकाल्ने र दाँत को एक्सरे लगायतका उपचार गर्ने कार्यसम्पन्न भएको थियो।

उक्त कार्यक्रम सम्पर्क समाज का सचिब बाल कृष्ण भण्डारि को सञ्चालन, उपाध्यक्ष माधब प्रसाद भण्डारि को स्वागत मन्तव्य रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.