प्रयास बचत द्धारा दुर्घटना विमा बापतको रकम प्रदान

बुटबल, वैशाख ९ । बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । गत पुषमा दुर्घटनाबाट मृत्यु भएका सहकारीका सदस्य हिरालाल बहिक कि श्रीमति तुलमाया बहिकलाई उहाँको निवास तामनगरमै पुगेर एकलाख रूपैंयाको चेक हस्तान्तरण गरिएको हो । नेको इन्सुरेन्स का क्षेत्रिय प्रवन्धक रेशम थापा र प्रयास बचत तथा ऋण सहकारीका अध्यक्ष भिमबहादुर थापा सहित संचालकहरुले संयुक्त रूपमा प्रदान गर्नु भएको थियो । सहकारीले आफ्ना सेयर सदस्यहरुको सामुहिक दुर्घटना विमा गरीदिएको छ । विमा रकम हस्तान्तरण कार्यक्रमा बोल्दै नेको इन्सुरेन्स कम्पनीका क्षेत्रिय प्रबन्धक रमेशबहादुर थापाले दुर्घटना हुनु दुखद कुरा भएको बताउदै प्रयास सहकारीको प्रयास सराहनीय भएको बताउनुभयो । विमाले दुर्घटनामा भएको क्षति कमगर्न नसकेपनि पविारका सदस्यलाई थोरै भएपनि राहात पुग्ने उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष भिमबहादुर थापाले दुर्घनाले सहकारी परिवार दुखित भएको बताउदै सेयर सदस्यको दुख र सुखमा प्रयास सहकारी सँगै साथमा रहेको बताउनुभयो । उहाले सहकारीले नेको ईन्सुरेन्स सँगको सहकार्यले सहकारीका सदस्य हरुलाई राहात मिलेको बताउनुभयो । अध्यक्ष थापाले सहकारीले आर्थिक कारोबार र सामाजिक तथा मानविय हितमा काम गर्दै आएको पनि बताउनुभयो । प्रयास बचत तथा ऋण सहकारीमा आठ सयभन्दा बढी सेयर सदस्य रहेका छन । कार्यक्रमको संचालन सहकारीका सचिव प्रकाशमणि खनालले गर्नुभएको थियो ।
त्यसअघि सहकारीले सवारी दुर्घटनाबाट मृत्युु भएका सेयर सदस्य भगदत्त पौडेलका परिवारलाई पनि विमा वापतको रकम हस्तान्तरण गरेको थियो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.