काठमाण्डोैका दैनिक उत्पादन हुने फोहरबाट राम्रो अाम्दानी गर्न सकिने

 

काठमाडोैं । वैशाख २१ । काठमाण्डौ महानगरपालिकामा दैनिक रूपमा प्रतिव्यक्ति २ सय ३२ ग्राम फोहर उत्पादन हुने गरेको पाईएको छ । यो हिसाबले एउटै व्यक्तिले सातामा डेढ किलो र महिनामा ६ किलो भन्दा बढी फोहर उत्पादन गर्छन् । काठमाण्डोै महानगरपालिकाको २६ नम्वर वडा लैनचौरमा फोहरमैला प्रत्येक घरमा कति निस्कने गर्छ भनेर गरिएको अध्ययनले यस्तो परिणाम देखाएको हो । वडाका एक सय घरमा सिर्जनशील एकिकृत दिगो बिकास समाज (सिआईएसडिएस) ले गरेको अनुसन्धानले दैनिक उत्पादन हुने मध्ये ४५.४५ प्रतिशत फोहर घरमै कुहाएर मल बनाउन सकिने खालको हुन्छ । वडाको करिव १४ हजार घरधुरीका ५९ हजार जनसंख्या मध्ये सिआईएसडिएसको अध्ययनले महानगरपालिकामा वसोवास गर्ने व्यक्तिहरु मध्ये एक जना व्यक्तिवाट ४५.४४ कुहिने फोहर,२४.२९ प्लाष्टिकजन्य,२३.२९ कागज, २.८६ सिसा,२.६५ धातु,१.०३ टेनटिज र ०.४६ प्रतिशत अन्य फोहर जम्मा हुने गरेको देखाएको छ । एक जना व्यक्तिले दैनिक २३२ ग्राम फोहर उत्पादन गर्दा ४५.४४ प्रतिशत फोहरलाई घरमा नै व्यवस्थापन गर्न सकिने देखिएको सिअाईएसडिएसकी अध्यक्ष खिमा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी ७०० घरधुरीमा हिसाव गर्दा एक दिनमा १ हजार ६२४ केजी फोहर उत्पादन हुन्छ । उक्त फोहरबाट ७३७.९५ केजी मल उत्पादन गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो । सिआईएसडिएसको २०१८ को तथ्याङ्क अनुसार एक जनाले २३२ ग्राम गर्छ जस मध्ये ४५.४४ प्रतिशत कुहिने फोहर हो । सिआईएसडिएसको २०१८ को रिसर्च अनुसार अर्गानिक वेष्ट, ६३.०७२ केजी, इनअर्गानिक २५.८६३ केजी, प्लाष्टिक ९.२८८ केजि, कागज ७.३६१ केजी,सिसा ६.४०५ केजी ,टयाक्टाईस १.६२८ केजी र अरु १. १८ केजी उत्पादन हुन्छ । त्यसलाई हाल प्राईभेट संस्थाहरुले महिनामा केही रकम लिई डम्पीङ साईडमा थुपार्ने काम गर्दछन । त्यसले न राष्ट्रलाई राहत हुन्छ नत समस्याको दीर्घकालिन समाधान हुन्छ, त्यसैले फोहरमैलाको दिगो समाधान र व्यवस्थापन गर्न घरवाटै घटाउने र मल उत्पादन गर्ने प्रविधिमा जानुपर्छ-अध्यक्ष खनालले भन्नुभयो। त्यसका लागि कुहिन र नकुहिने दुवै फोहर घरबाटै ब्यवस्थापन गरेर फोहरबाट मोहर बनाउनुपर्ने उहाँको भनाई छ । स्थानीय स्तरमा फोहर संकलन, व्यवस्थापन र मल उत्पादन गर्न सके ल्याण्डफिल्ड साईडको समस्या पनि तत्काल नहुने र काठमाडोै सफा सुन्दर र हरियाली शहर हुनेछ ।त्यसको अर्को फाईदा नागरिक स्वस्थर सफा वातावरणमा वाँच्न पाउने अधिकारको सुनिश्चित हुन्छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.