समुदायले संरक्षण गर्ने र जनताले लाभ पाउने गरि संरक्षणको नयाँ नीति बनाउनुपर्छ-फेकोफन

 

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले शहरी वन, कृषि वन विकास तथा वन मार्फत अार्थिक सम्वृद्दिका योजनालाई अघि बढाउने लक्ष्य लिएको छ । महासंघले उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी प्रकृति संरक्षणलाई अघि बढाउनुपर्ने पनि जोडदिएको छ । समुदायले संरक्षण गर्ने र अाम्दानी पनि हुने गरि संरक्षण क्षेत्र सम्वन्धी नयाँ नीति बनाउनुपर्ने महासंघको माग छ । समुदायको सहभागिता विना वन सम्पदा संरक्षण हुन नसक्ने महासंघको ठहर छ । विदेशबाट काठ महंगोमा अाउने तर मुलुकभित्रकै काम खेर जाने स्थिति अन्त्य हुनुपर्ने बताउँदै अध्यक्ष भारती पाठकले उपभोक्ताको कानुनी अधिकार प्रयोगमा सरकार अनुदार भैरहेको बताउनुभयो । महासंघको २६ अोैं स्थापना दिवसको पुर्वसन्ध्यामा बिहिवार अायोजित भर्चुअल पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष भारती पाठकले उपभोक्ताले उत्पादन गरेको काठपात सहज रूपमा बजारसम्म अाउन दिनुपर्नेमा पनि जोडदिनुभयो । अध्यक्ष पाठकले उपभोक्ताहरूको हित विपरितको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गराउन सक्नु पनि फेकोफनको सफलता भएको बताउनुभयो । सामुदायिक वनमा उपभोक्ताहरूको अधिकार थप बलियो बनाउने योजनालाई पनि महासंघले अागामी रणनीति भनेको छ । राज्यपुर्संरचना भएपनि वन क्षेत्रको पुनर्संरचना नभएको स्मरण गर्दै अध्यक्ष पाठकले त्यसबिषयमा सरकारको ध्यानाकर्षण गराईरहेको जानकारी दिनुभयो । महासंघले यो अवधीमा २५ बर्षका बीचमा प्राप्त गरेका उपलब्धी र अागामी रोडम्यापबारे पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । अध्यक्ष पाठकले अागामी रणनीतिलाई थप मजबुत बनाउन सबै पक्षसंग छलफल र सुझाव लिएपछि सार्वजनिक गरिने बताउनुभयो । महासंघको उपलब्धी र अागामी रणनीतिबारेको प्रेस विज्ञप्ति बाचन गर्दै सचिव ठाकुर भण्डारीले तराईको बन नीजि कम्पनीलाई दिने सरकारको निर्णयविरूद्दको अान्दोलनको सफलता महासंघको महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो । पत्रकार सम्मेलनमा महासंघका महासचिव बिर्खबहादुर शाही र कोषाध्यक्ष पार्वता गोैतमले पनि बोल्नुभएको थियो । महासंघले रजतजयन्ती पनि कोभिडकै कारण जनस्तरमा पुगेर मनाउन नपाएको अध्यक्ष पाठकको भनाई छ । पत्रकार सम्मेलनमा पत्रकारहरूले उपभोक्ताहरूको हित,विदेशी काठ अायातमा रोकथाम, शहरी वन र त्यसको सोैन्दर्यकरण, फेकोफनको दायरा फराकिलो बनाउनुपर्ने जस्ता सुक्षाव दिईएको थियो । महासंघले पत्रकार सम्मेलन मार्फत कोभिडबाट संक्रमितहरूको स्वास्थ्यलाभ तथा ज्यान गुमाएका महासंघ अाबद्दहरू व्यक्तिहरूप्रति श्रद्दान्जली तथा समवेदना समेत प्रकट गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.