रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको पदहस्तान्तरण तथा पदभार ग्रहण,अध्यक्षमा कुल बहादुर थापा

 

 

रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२१/०२२ को लागी नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ ।  नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो ।
क्लवका निवर्तमान एवं सस्थापक अध्यक्ष सुरज खरेलले रोटरी बर्ष २०२१/०२२ का लागी निर्वाचित अध्यक्ष कुल बहादुर थापा (लक्ष्मण)लाई पद हस्तान्तरण गर्नुभएको हो । पदहस्तान्तरण कार्यत्रमको अवसरमा रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको स्थापना देखी हाल सम्म क्लवका विभिन्न कार्यक्रममा रहेर सहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा कोरोना महामारीको समयमा बुटवल लगायत क्षेत्रमा रगतको अभाव हुन नदिई काम गरेको भन्दै नेपाल स्वयसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री , देवदह क्षेत्रमा कोरोनाको समयमा कोरोनाका कारण ज्यान गुमाउनेको शव अन्त्यष्टिको लागी काम गरेको भन्दै कृष्ण प्रसाद पौडेल, अर्जुन गैरे लगायतलाई सो अवसरमा सम्मान गरिएको थियो । सो अवसरमा कोरोना महामारीको समयमा कोरोना नियन्त्रण तथा उपचारमा रहेर काम गर्ने चिकित्सक तथा नर्सहरुलाई समेत सम्मान गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्रप्रसाद ध्वजुले रोटरी र रोट्रयाक्ट क्लवको भूमिकाको बारेमा भनाई राख्नुभएको थियो । उहाँले रोटरी क्लव सेन्ट्रल रुपन्देहीले स्थापनको छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै आगामी दिनमा अझ प्रभावकारी काम हरु गर्न आग्रह गर्नु भयो । त्यस्तै रोटरी क्लव सेन्ट्रल बुटवलका संस्थापक एव रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका सल्लाहाकार एजाज आलम, रोटरी डिष्ट्रिक ३२९२ का एसाइन गर्भनर राजेन्द्र कार्की, राजु गुप्ता , जीवन ओझा लगायतले बोल्नु भएको थियो ।
त्यस अवसरमा क्लवका नवनिर्वाचित अध्यक्ष लक्ष्मण थापाले संस्थाको विधानमा रहेर क्लवमा दिईएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य ईलेक्ट प्रेसिडेन्ट पप्पु कुमार गुप्ता तथा धन्यवाद मन्तब्य उपाध्यक्ष चिरन अर्याल ले ज्ञापन गर्नुभयो , कार्यक्रम सचिव लक्ष्मण खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.