पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्षमा गेहेन्द्रराज न्यौपानेको उमेद्धारी

                          

पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेको उमेद्धारी
बुटवल । ट्रक तथा ढुवानी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेले उमेद्धारी धोषणा गर्नु भएको छ । पटक पटक कार्यसमिति सदस्य एककार्यकाल कोषध्यक्ष एक कार्यकाल सलकारको ा पदमा रहेर भुमिका निर्वाहा गर्नु भएका अनुभवि र सहयोगि स्वभाव का न्यौपाने पछिल्लो पटक नेतृत्व बाहिर रहेर सहयोग गर्नु भएको थियो । उहाले व्यवसाहिका हकति र संरक्षणका लागि इमान्दारीका साथ विगतमा काम गरेकाले अहिले पनि धेरै व्यवसाहिकै अनुरोधमा आफुले उमेद्धारी दिन लागेकोले आप्नो जित सुनिश्चीत भएको बताउनु भयो । आफुले विगतमा गरेको कार्य संम्पादनमा व्यबसायि हरु सन्तुष्टि रहेको पनि उहाले दावि गर्नु भयो । कोषाध्यक्ष न्यौपाने अध्यक्ष यप प्रसाद पाण्डेलेको प्यानल बाट उमेद्धारी घोषण गर्नु भएको हो ।
व्यबसाहि हरुको अधिवेशन नजिकीदै जादा ब्यवसायीहरु दुई प्यानल बनाएर चुनावी चुनावी प्रचार-प्रसारलाई तिब्रता दिदै घरदैलो अभियान लाई तिव्रता दिएका छन् ।
हजार बढी ब्यवसायी आवद्ध संस्थाको २१ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष यप प्रसाद पाण्डे र पुर्व अध्यक्ष टिकाराम गौतमले आ-आफ्नो प्यानल बनाएर चुनावी प्रचारमा गरीरहेका छन
बर्तमान अध्यक्ष यम प्रसाद पाण्डेले कमल घिमिरे बरिष्ठ उपाध्यक्ष, जितु भाट महासचिवमा र गेहेन्द्रराज न्यौपानेलाई कोषाध्यक्षका उमेद्धार रहेका छन भने पूर्व अध्यक्ष गौतमको प्यानलमा बरिष्ठ उपाध्यक्षका लागि प्रताप बहादुर कार्की, महासचिवमा हरी कंडेल र कोषाध्यक्षमा हरी रिमालरहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.